सर्वोच्च अदालतमा दुई वर्ष नाघेका मुद्दाको संख्या १७ हजार २०९

सर्वोच्च अदालतमा दुई वर्ष नाघेका मुद्दाको संख्या १७ हजार २०९
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौंः सर्वोच्च अदालतमा दुई वर्ष नाघेका मुद्दाको संख्या १७ हजार दुई सय नौ पुगेको छ। 

महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार २ वर्ष नाघेका मुद्दा, रिट निवेदन प्रतिवेदनको संख्या १७ हजार २०९ रहेको छ।

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७–८०/८१) अनुसार जिल्ला अदालत तथा उच्च अदालतमा रहेका मुद्दा १८ महिनाभित्र र सर्वोच्च अदालतमा रहेका मुद्दा २ वर्षभित्र फर्स्यौट गर्ने उल्लेख छ। 

यो वर्ष सर्वोच्च अदालत र मातहत अदालतहरूमा गत वर्षबाट जिम्मेवारी सरेको १ लाख ४४ हजार ५२७ समेत कुल ४ लाख ५ हजार ६९ मुद्दामध्ये २ लाख ३८ हजार २६९ फस्र्योट भएका छन्। अझै पनि अदालतमा १ लाख ६६ हजार ८०० फैसला हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख  छ।

न्यायपालिकाको चौथो पञ्चवर्षीय योजनाको कार्ययोजनाले २०७८/ ७९ मा ६५ प्रतिशत मुद्दा फैसला गर्ने लक्ष्य लिएको छ। 

अदालतले बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना बनाई पुराना मुद्दा फर्स्यौटलाई प्राथमिकता दिई २ वर्षमा फर्स्यौट गर्ने लक्ष्य राखिए तापनि लामो समयसम्म फर्स्यौट हुन नसकेको प्रतिवेदनमा औंल्याइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.