ओझेलमा ‘रहस्यमय’ सिद्धेश्वर गुफा

ओझेलमा ‘रहस्यमय’ सिद्धेश्वर गुफा

अर्घाखाँची : पाणिनि गाउँपालिका–६ धातिवाङ्गको ढुङढुङ्गेमा विभिन्न आकृतिमा रहेको रहस्यमय गुफा  प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।

गुफाभित्र शिवलिंग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृति भएका मूर्ति छन्  तर यस ठाउँको प्रचारप्रसार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन्।

परापूर्वकालदेखि उक्त ठाउँमा गुफा रहेपनि २०६८ सालदेखि गुफामा आउन जान थालिएको स्थानीय भोजराज पौडेलले बताए। उनले गुफाको नाम ‘सिद्धेश्वर गुफा’ नामकरण गरिएको बताए।

’ढुङढुङ्गे जंगलमा गुफा छ, भन्ने हल्ला पछि जंगलमा पुगेर तत्कालीन समयमा खोजी गरी गुफा भेटिएको हो। खेतमा तथा जंगलमा घासँ काट्न जाँदा ओडार छ भनेर डराउने गरेको स्थानीय बताउँछन्। 

स्थानीयले त्यहाँ रहस्यमय गुफा रहेको थाहा पाएपछि हरेक नयाँ वर्षको पहिलो दिन रुद्रीपुजा तथा भजनकृतन गर्ने  गरेका छन्।

प्रचारप्रसारका लागी चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट ५ लाख रुपैयाँ विनियोजन भई गुफाको प्रवेशद्वार सँगै आधारभूत संरचना बनाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए।

गुफाको प्रचारप्रसार र गुफाको विस्तृत अध्ययन भने हुन सकेको छैन। ‘गुफाको करिब ४५ मिटर भित्रसम्म मानिसहरू पस्ने गर्छन्, ‘त्योभन्दा भित्र पनि गुफा छ, भए पनि कति लामो छ भन्ने एकिन गर्न सकिएको छैन।’ गुफाभित्र अँध्यारो छ। बत्ती बालेर मात्रै पस्न सकिन्छ, स्थानीय शिक्षक हिमलाल पौडेलले बताए।

कुनै भागमा फराकिलो तथा कुनैमा साँघुरो भएकाले भित्र पस्न गाहृो छ, गुफाभित्र रहेका विभिन्न किसिमका मूर्तिबाट पानीका थोपाहरू खसेको दृश्य देख्न पाइन्छ। गुफाभित्र पस्ने ठाउँ साँघुरो रहे पनि भित्र फराकिलो छ। ‘गुफाको प्रचार गर्न सके आन्तरिक पर्यटक बढाउन सकिन्छ, स्थानीय शिक्षक हिमलाल पौडेलले बताए। नयाँ वर्षका अवसरमा रुद्री पुजा, भजनकीर्तन गरिएको छ', स्थानीय भिमलाल पौडेलले भने।

गुफाको ऐतिहासिक महत्वबारे सबै अनविज्ञ छन्। गुफाको अध्ययन, अनुसन्धान गरी दर्ता गरेर व्यापक प्रचारप्रसार गर्ने तयारी रहेको छ। गुफाको संरक्षण तथा प्रचारका लागि स्थानीयवासी पनि सक्रिय हुन थालेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.