पाल्पाका पर्यटकीय स्थलमा चहलपहल बढ्यो

पाल्पाका पर्यटकीय स्थलमा चहलपहल बढ्यो

तानसेन : नयाँ वर्ष २०८० का अवसरमा स्वदेशी पर्यटकहरू पाल्पाका पर्यटकीय गन्तव्यहरूमा पुगेका छन्। 

तानसेनको श्रीनगर डाडा, रानीमहल, रुरु क्षेत्र, रिव्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट जस्ता क्षेत्रहरूमा रमाउदै नयाँ वर्ष मनाउन हजारौ पर्यटकहरू पुगेका हुन्। 

तानसेन नगरपालिकाले नयाँ वर्ष मनाउन आउने पर्यटकहरूलाई लक्षित गरेर श्रीनगर डाँडामा खानेपानी, शौचालय, नाचगानका लागि साउण्ड सिष्टम, विद्युत लाइनको सुविधा प्रदान गरेको थियो। श्रीनगर डाँडामा नियमित रूपमा पिकनिक क्षेत्रमा सरसफाईको व्यवस्था मिलाएको  थियो। 

गत वर्षको पहिलो दिन रानीमहलमा १० हजार पर्यटकहरूले अवलोकन गरेकोमा यसपटक २० हजार पर्यटकहरूले रानीमहल अवलोकन गरेको तानसेन नगरपालिकाका अधिकृत शंकर भण्डारीले बताए। 

श्रीनगर डाँडा आन्तरिक पर्यटकले भरिँदै आएको छ। गत वर्ष २५ हजार पर्यटकहरू श्रीनगर डाँडामा पुगेकोमा यस वर्षको पहिलो दिन ५० हजार पर्यटकहरू श्रीनगर डाँडामा घुमघामका लागि आएको  अधिकृत भण्डारीले बताए। 

गर्मीयाममा हिमालको चिसो हावासँगै नाचगानका साथ रमाउन तराई क्षेत्र रूपन्देही, कपिलवस्तु, नवलपरासी क्षेत्रका बासिन्दाहरूका लागि तानसेनको श्रीनगर विशेष क्षेत्र बन्ने गरेको छ। 

रम्भा गाउँपालिकाले नयाँ वर्षलाई लक्षित गरेर रिमिघा लेक र रम्भादेवी मन्दिरमा पर्यटक लक्षित कार्यक्रम ल्याएको छ। 

रिमिघा लेकमा नयाँ वर्ष मनाउन ५ हजारभन्दा बढी आन्तरिक पर्यटक आएका पालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए। रिमिघा लेकमा पर्यटकहरूका लागि चाहिने स्वच्छ खानेपानी, सुविधायुक्त शौचालय, बस्ने शीतल छहारीको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए। 

नयाँ वर्ष मनाउन तथा भैरव भगवानको आर्शीवाद लिन रिव्दीकोटको भैरवस्थान मन्दिरमा पनि हजारौ धार्मिक पर्यटकहरू पुगेका छन्। 

नयाँ वर्षको दिन भैरव मन्दिरमा करिब २ हजारभन्दा धार्मिक पर्यटकहरू आएको  पालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए। पछिल्लो समय पर्यटकको रोजाइमा जलेश्वर, ख्याहाको लिस्ने भिर पर्दै आएको छ। 

गर्मीबाट छटपटिएका तराई क्षेत्रमा पर्यटकहरू लाई माथागढीको कौडेलेक, तिनाउ गाउँपालिकाको सत्यवती, मरामकोट र जन्तीलुङ्ग आर्कषणको केन्द्र बन्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.