प्रचण्ड, देउवा र नेपालबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रचण्ड, देउवा र नेपालबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ दलका तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ। शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुबीच छलफल भएको हो। 

बालुवाटार स्रोतका अनुसार उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। भेटमा प्रचण्डले पार्टीकोतर्फ चाडै मन्त्रिको नाम दिन आग्रह गरे।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग मन्त्रीको नाम मागेपनि हालसम्म पार्टीभित्र अन्तरद्वन्द्वले टुंगो लगाउन सकेका छैनन्। देउवासँग शेखर-गगन समूह असन्तुष्ट बन्दा मन्त्रीको नाम टुंगो लाग्न सकेको छैन।

गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदापनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। सरकारले पूर्णता नपाउँदा प्रधानमन्त्री प्रचण्डको आलोचना हुँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.