अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु

अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

अछाम : अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु देखिएको छ। महालेखा परीक्षकको ६० औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को बेरुजु ४३ करोड १९ लाख ८२ हजार देखिएको हो। 

यो २०७६/७७ भन्दा ७ करोड ५५ लाख ७२ हजार बेरुजु बढी हो। मंगलसेन र पञ्चदेवल बिनायक नगरपालिकाले क्रमश: वर्षेनि बेरुजु घटाउँदै गएका छन् भने तुर्माखाँद गाउँपालिकाको बेरुजु वर्षेनि बढ्दै गएको देखिन्छ। साँफेबगर, कमलबजार नगरपालिका, चौरपाटी, बान्नीगढी जयगढ, रामारोशन, ढकारी र मेल्लेख गाउँपालिकाको बेरुजु घट्बढ् रहेको छ। 

साँफेबगर नगरपालिकाको ३ करोड ९८ लाख ४२ हजार , पञ्चदेवल बिनायक नगरपालिकाको ३ करोड ६३ लाख ६ हजार, मंगलसेन नगरपालिका २ करोड ३१ लाख ४२ हजार, कमलबजार नगरपालिका ३ करोड ९५ लाख ९६ हजार, ढकारी गाउँपालिका ९ करोड ६७ लाख २२ हजार, बान्नीगढी जयगढ गाउँपालिका ८८ लाख ४ हजार, मेल्लेख गाउँपालिका २ करोड ३९ लाख २१ हजार, रामारोशन गाउँपालिकाको ७ करोड ५० लाख ७८ हजार, चौरपाटी गाउँपालिकाको ३ करोड १९ लाख १ हजार  र तुर्माखाँद गाउँपालिकाको ५ करोड ६६ लाख ७० हजार बेरुजु रहेको छ। 

जिल्लाका पालिकाहरुको २०७५/७६ मा ४२ करोड ७१ लाख ३८ हजार बेरुजु रहेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा घटेर ३५ करोड ६४ लाख १० हजारमा झरेको थियो। अहिले पुन: ७ करोड ५५ लाख ७२ हजार बेरुजु बढेको छ। जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी बेरुजु ढकारी गाउँपालिका र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिका रहेको छ। 
०७७/०७८मा ढकारी गाउँपालिकाको बेरुजु रकम ९ करोड ६७ लाख २२ हजार छ। ०७७/०७८ मा ४ करोड ५२ लाख ९८ हजार बेरुजु रहेको थियो। अहिले ५ करोड भन्दा बढीले बेरुजु बढेको छ। २०७५/७६ मा पालिकाको ४ करोड १९ लाख ४२ हजार बेरुजु रहेको थियो। 

०७७/०७८ मा सबैभन्दा कम ८८ लाख ४ हजार बेरुजु भएको बान्नीगढी जयगढ गाउँपालिकाको ०७७/०७८ एक करोड १९ लाख बेरुजु रहेको थियो। २०७५/७६ मा १ करोड ९ लाख बेरुजु रकम रहेको थियो। बान्नीगढी सुदुरपश्चीम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु रहेको पहिलो पालिका भएको लेखा अधिकृत नारद खनालले जानकारी दिए। 

रामारोशन गाउँपालिकाको बेरुजु रकम ५ करोड ५० लाख ७८ हजार रहेको छ। ०७७/०७८मा ६ करोड ६२ लाख ८३ हजार रहेकोमा यो पटक एक करोड १२ लाख ५ हजार बेरुजु घटाएको छ।आर्थिक वर्ष ०७७/०७८मा २ करोड ५२ लाख ३ हजार बेरुजु रहेको थियो। 

यसैगरी तुर्माखाँदको गाउँपालिकाको वेरुजु पनि वर्षेनि बढेको देखिन्छ। ०७७/०७८मा ३ करोड ५४ लाख ८३ हजार रहेको बेरुजु अहिले बढेर ५ करोड ६६ लाख ७० रहेको छ। ०७६/०७७ मा २ करोड ३९ लाख ४७ हजार बेरुजु रहेको थियो। 
साँफेबगर नगरपालिकाले ०७७/०७८ मा देखिएको बेरुजुभन्दा अहिले एक करोड ६३ लाख ९५ हजारले घटेको छ। 
०७७/०७८ मा ३ करोड ९८ लाख ४२ हजार रहेको छ। ०७६/०७७ मा ५ करोड ३७ लाख १२ हजार रहेको थियो। कमलबजार नगरपालिकाको बेरुजु बढेर ३ करोड ९५ लाख ९६ हजार पुगेको छ। ०७७/०७८ मा २ करोड ३१ लख १४ हजार रहेको थियो भने ०७६/०७७ मा २ करोड ६७ लाख २ हजार रहेको बेरुजु रहेको थियो। 

यसैगरी पन्चदेवल नगरपालिका बर्षेनी बेरुजु घटाउँदै गएको छ। ०७७/०७८ मा ३ करोड ६३ लाख ६ हजार रहेको छ। एक करोड ३३ लाख ५० हजारले बेरुजु घटाएको छ। ०७७/०७८ मा ४ करोड ९७ लाख १० हजार रहेको थियो भने। ०७६/०७७ मा १६ करोड ९९ लाख ४४ हजार बेरुजु रहेको थियो। मेल्लेख गाउँपालिकाले बेरुजु घटाएको छ। ०७७/०७८ मा २ करोड ६५ लाख ८७ हजार रहेकोमा ०७७/०७८ मा घटाएर २ करोड ३९ लाख २१ हजारमा झरेको छ। ०७६/०७७ मा २ करोड ३१ लाख ३६ हजार बेरुजु रहेको थियो। 

चौरपाटी गाउँपालिकाको बेरुजु बढेको छ। २०७७/०७८ मा २ करोड २२ लाख १६ हजार रहेकोमा अहिले बढेर ३ करोड १९ लाख १ हजार पुगेको छ। २०७५/७६ मा ४ करोड ८२ लाख ८२ हजार बेरुजु रहेको थियो। २०७५/७६ मा तुलनामा २०७७/०७८ मा २ करोड ६० लाख ६६ हजारले बेरुजु घटाएको चौरपाटीको अहिले फेरी बेरुजु बढेको छ। 

मंगलसैन नगरपालिकाले पनि वर्षेनि बेरुजु घटाउँदै गएको छ। ०७७/०७८मा २ करोड ३१ लाख ४२ हजार बेरुजु रहेको छ। २०७७/०७८ मा ३ करोड २६ लाख ४७ हजार वेरुजु रहेको थियो भने २०७६/०७७ मा ३ करोड ७३ लाख ६५ हजार बेरुजु रहेको थियो। अछामका दश पालिकाको २०७८/७९ मा १२ अर्ब ८० करोड ६८ लाख ८७ हजार रुपैंयाँ लेखापरीक्षण गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.