मेस्सी अर्को सत्रसम्म बार्सिलोनामा फर्कन्छन् : रोबर्ट लेवान्डोस्की

मेस्सी अर्को सत्रसम्म बार्सिलोनामा फर्कन्छन् : रोबर्ट लेवान्डोस्की
फाइल तस्बिर।
सुन्नुहोस्

बार्सिलोना : बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेसी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताएका छन्।

स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास गरिरहेको छ भने सन् २०२१ देखि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दै आएका अर्जेन्टिनी खेलाडी पनि क्याम्प नोउ फर्कन आतुर भएको बताउँदै आइएको छ । 

लेवान्डोस्कीले मेसीसँग अर्को सत्र बार्सिलोनामा खेल्ने आशा व्यक्त गरेका छन् । उनले भने, 'यदि उहाँ (मेस्सी) फर्कनुहुन्छ भने,  यो अचम्मको कुरा हुनेछैन । बार्सिलोना उहाँको स्थान हो । के हुन्छ मलाई थाहा छैन तर मलाई आशा छ अर्को सत्र हामी सँगै खेल्नेछौं।' 

यो सत्रको २८ खेलपछि रियल मड्रिडमाथि १३ अंकको अग्रता बनाएको बार्सिलोना ला लिगाको उपाधि जित्ने बाटोमा छ । 'बार्सिलोनाले पछिल्ला केही वर्षयता ला लिगा को उपाधि जित्न सकेको छैन, तर अहिले हामी राम्रो स्थितिमा छौं । यदि हामीले त्यसो गर्‍यौं भने धेरै खेलाडीमा ठूलो आत्मविश्वास हुनेछ,' उनले भने। लेवान्डोस्कीले यो सत्रमा ला लिगामा सर्वाधिक १७ गोल गरेका छन्। 

'सिजनको बीचमा फिफा विश्वकपले स्थितिलाई जटिल बनाएको छ, जबकि मानिसहरूले स्ट्राइकरहरूबाट धेरैभन्दा धेरै गोलको अपेक्षा गरेका छन्। हामीले केवल गोल गर्नुपर्छ र मानिसहरूलाई खुसी पार्नुपर्छ । मलाई विश्वास छ कि हामी आक्रमणमा अझ राम्रो खेल्न सक्छौं,' ३४ वर्षीय खेलाडी लेवान्डोस्कीले भने। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.