सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु
फाइल तस्बिर।

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा  उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीया एक महिलाको मृत्यु भएको छ । अस्पतालको आइसीयूमा उपचाररत ती महिलाको आज बिहान मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका प्रवक्ता तथा वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले अस्पतालको कोभिड वार्डको आइसीयुमा उपचारत महिलाको आज मृत्यु भएको पुष्टि  गरे। डा.कमरले भने,'उहाँ मुटु रोगी हुनुहुन्थ्यो। केही दिनअघि अस्पताल भर्ना हुनु भएको थियो। पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको थियो। उपचारकै क्रममा आज निधन भएको हो।

सुदूरपश्चिममा झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको थियो।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको संख्या तीनप्रतिदिन बढ्दो क्रममा रहेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा २२३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर र एन्टिजेन पद्धतिबाट ७८४ नमूना परीक्षण गरिएको छ ।

संङ्क्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना सङ्क्रमणदर बढेसँगै  सक्रिय संक्रमितको संख्या पनि बढ्न थालेको छ।  हाल कैलालीमा २२ र कञ्चनपुरमा एक सक्रिय बिरामी छन् । 

भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो । शनिबार मात्रै मुलुकभर  ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.