गर्मीमा देखिने समस्यामा होमियोप्याथिक उपचार

गर्मीमा देखिने समस्यामा होमियोप्याथिक उपचार
सुन्नुहोस्

गर्मी दिनहुँ बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले अझै केही दिन तराईका जिल्लामा तातो हावा अर्थात् लू चल्ने जनाएको छ। जसका कारण यस मौसममा विभिन्न रोगहरू तीव्र रूपमा फैलिने गर्छन्। डिहाइड्रेसन (शरीरमा पानीको कमी), छालाका रोग, पेटको संक्रमण, झाडाबान्ता–पखाला, चक्कर आउने तथा अन्य कमजोरी पनि यस मौसममा देखिन सक्छ।

होमियोप्याथी नै किन ? 
होमियोप्याथीले शरीरको प्राकृतिक प्रतिरक्षा क्षमतालाई सुदृढ बनाउँछ। गर्मी मौसममा देखिने रोगहरूको रोकथाम र उपचारमा होमियोप्याथीले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। लक्षणका आधारमा दिइने होमियोप्याथिक उपचार सुरक्षित, सौम्य र समग्र स्वास्थ्य सन्तुलन कायम राख्न सहयोगी मानिन्छ। लू लाग्नु (तीव्र घाम र तातो हावाका कारण शरीरको तापक्रम असन्तुलित हुन सक्छ। यसका मुख्य लक्षणहरूमा तीव्र टाउको दुखाइ, चक्कर लाग्ने, अत्यधिक कमजोरी, बेचैनी हुन्।

होमियोप्याथिक औषधिहरू जस्तै ग्लोनाइन घाम लागेपछि टाउको धड्कने, भारी हुने र टाउको फुट्नेजस्तो महसुस भएमा उपयोगी हुन्छ। एकोनाइट औषधि अचानक धेरै गर्मी लाग्ने, बेचैनी हुने वा गर्मीको असर एक्कासि देखिएमा लाभदायक हुन्छ। कार्बोभेज औषधि चाहिँ पेटमा धेरै ग्यास भरिने, भारीपन हुने तथा शरीर कमजोर महसुस हुने अवस्थामा उपयोगी हुन्छ। गर्मीमा दूषित पानी र खाना सेवनका कारण पेट खराब भई बान्ता तथा पखाला हुन सक्छ। होमियोप्याथिक औषधिहरू जस्तै आर्सेनिक एल्ब चाहिँ पेट दुख्ने, बान्ता, पखाला र अत्यधिक कमजोरी हुँदा ऊपयोगी हुन्छ।

पोडोफाइल्म औषधि पानीजस्तो पखाला तथा पेटमा गुडगुडाहट हुने अवस्थामा उपयोगी हुन्छ। घमौरा तथा छालाका समस्यामा अत्यधिक पसिना र गर्मीका कारण छालामा रातो दाना, जलन तथा खुजली हुन सक्छ। छालामा डाबर उठ्ने, पोल्ने र एलर्जीजन्य समस्यामा आर्टिका युरेन्स लाभदायक हुन्छ। एसिडिटी तथा पेट फुल्ने समस्या गर्मीमा देखिन सक्छ। गर्मीमा पाचनक्रिया पनि मन्द हुन सक्छ, जसका कारण पेट फुल्ने, ग्यास बन्ने तथा डकार आउने समस्या हुन सक्छ। पेट फुल्ने, कब्जियत तथा वाकवाकी लाग्ने समस्यामा होमियोप्याथिक औषधि नक्स भोमिका उपयोगी हुन्छ।

कार्बोभेज औषधि अत्यधिक ग्यास र पेट भारी हुने अवस्थामा लाभदायक हुन्छ। गर्मीमा बासी तथा दूषित खाना सेवन गर्दा फुड पोइजनिङ हुन सक्छ। यसको रोकथामका लागि पर्याप्त पानी पिउने, बासी खाना नखाने, सडकछेउका दूषित खाना खानु हुँदैन। होमियोप्याथिक औषधि आर्सेनिक एल्ब फुड पोइजनिङको प्रमुख औषधि मानिन्छ। निरन्तर बान्ता, पेट पोल्ने, धेरै तिर्खा लाग्ने र कमजोरी हुँदा प्रयोग गरिन्छ। पेट दुख्ने, ग्यास, वाकवाकी तथा दूषित खाना खाएपछि समस्या भएमा नक्स भोमिका उपयोगी हुन्छ। डिहाइड्रेसन हुनु भनेको शरीरमा पानीको कमी हुनु एक गम्भीर समस्या हो। यसको उपचारका लागि योग्य चिकित्सकको परामर्श आवश्यक हुन्छ। यसको लक्षणहरूमा अत्यधिक तिर्खा, कमजोरी चक्कर आउनु, पिसाब कम हुनु हो।

होमियोप्याथिक औषधिहरू
आर्सेनिक एल्ब वान्ता– पखालाका कारण शरीरमा पानीको कमी हुँदा उपयोगी हुन्छ। विशेषगरी बारम्बार थोरै–थोरै पानी पिउन चाहने बिरामीमा यो लाभदायक हुन्छ।

चाइना अफिसेनिलिस औषधि रगत, पसिना वा झाडापखालाका कारण शरीरबाट धेरै तरल पदार्थ गुम्दा उत्पन्न कमजोरीमा लाभदायक हुन्छ। भरेट्रम इलवम चामलको माडजस्तो पखाला, पेट दुख्ने, चिसो पसिना आउने तथा गम्भीर डिहाइड्रेसनमा उपयोगी हुन्छ। ब्रायोनियास औषधि मुख धेरै सुक्खा हुने, धेरै पानी एकैपटक पिउन चाहने र शरीरमा पानीको कमी भएका बिरामीमा लाभदायक हुन्छ।

गर्मीमा अपनाउनुपर्ने सावधानी
जीवन जल, कागती पानी, नरिवल पानी वा साधारण सफा पानी प्रशस्त पिउनुहोस्। ताजा तथा हल्का खाना खानुहोस्। बासी तथा दूषित खानेकुरा नखानुहोस्। अत्यधिक घाममा लामो समय नबस्नुहोस्।

शरीरमा पानी र इलेक्ट्रोलाइटको सन्तुलन कायम राख्नुहोस्। यदि डिहाइड्रेसनका गम्भीर लक्षणहरू जस्तै धेरै चक्कर आउनु, पिसाब बन्द हुनु, बेहोस हुने अवस्था देखा परेमा तुरुन्त नजिकको अस्पताल वा आपत्कालीन स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्। होमियोप्याथिक औषधि सेवन गर्न चाहनुहुन्छ भने योग्य तथा दर्तावाल होमियोप्याथिक चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ। स्वऔषधोपचारले हानि पनि पु‍र्‍याउन सक्छ। बालबालिका र ज्येष्ठ नागरिकहरूले विशेष सजगता अपनाउनु पर्छ। 

गर्मीको असर बालबालिका र वृद्धहरूमा बढी देखिन्छन्। बालबालिका, गर्भवती महिला तथा वृद्ध व्यक्तिहरूमा डिहाइड्रेसन छिटो हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक हुन्छ। चेतावनी संकेत देखिएकै अवस्थामा तुरुन्त अस्पताल जानुपर्छ। १०३ डिगी्र फरेनहाइटनभन्दा माथि ज्वरो आउने, लगातार बान्ता भइरहने, बारम्बार बेहोस हुने, रक्तमिश्रित पखाला हुने, शरीर अत्यधिक सुस्त हुने र पिसाब आउने समस्या छ भने बेलैमा सतर्कता अपनाउनु जरुरी छ। 

गम्भीर डिहाइड्रेसन, हिट स्ट्रोक, गम्भीर संक्रमण वा आपत्कालीन अवस्थाहरूमा तत्काल आधुनिक चिकित्सकीय उपचार प्राथमिक आवश्यकता हुन्छ। होमियोप्याथीलाई सहायक उपचारको रूपमा प्रयोग गर्न सकिन्छ। गर्मीमा उपयोगी हुने केही अन्य होमियोप्याथिक औषधिहरू बेलाडोनास (अचानक उच्च ज्वरो, अनुहार रातो, टाउको तातो हुँदा प्रयोग गर्न सकिन्छ। गर्मीका कारण कमजोरी, निद्रा लाग्ने, चक्कर आउने भएमा जेल्सियम लाभदायक हुन्छ। घामले टाउको दुख्ने, अत्यधिक पसिना, शरीरमा पानीको असन्तुलन भएमा नेट्रमा म्युर प्रयोग गर्न सकिन्छ। 

गर्मीको मौसममा सावधानी, पर्याप्त पानी सेवन, स्वच्छ भोजन र स्वस्थ जीवनशैली नै रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हुन्। होमियोप्याथीले व्यक्तिको लक्षणअनुसार सहयोग पु‍र्‍याउन सक्छ। तर कुनै पनि गम्भीर अवस्थामा चिकित्सकको परामर्श लिनु अत्यावश्यक हुन्छ। अस्तु।

( डा. मिश्र वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.