लूबाट कसरी जोगिने ?
तातो हावा अर्थात् लूका कारण मुटुको धड्कन बेस्सरी बढ्ने, रक्तचाप (ब्लड प्रेसर) कम हुने, टाउको बेस्सरी दुख्ने जस्ता लक्षण देखिन सक्छन्। रिंगटा लाग्ने, ज्वरो आउने, बेहोस हुनेजस्ता लक्षण देखिन सक्छन्। यसलाई बेवास्ता गर्दा ज्यानै समेत जान सक्छ। त्यसैले कसैमा यस्तो लक्षण देखिएमा मद्दत गरिहाल्नु पर्छ।
गर्मीमा देखिने लक्षणहरू
– छाला रातो र सुक्खा हुने।
– रिंगटा लाग्ने, वान्ता हुने।
– मांसपेशी कमजोर वा ऐंठन हुने।
– श्वासको गति तीब्र हुने।
– मुटुको धड्कन बढ्ने।
– बेहोस हुने।
कसरी जोगिने ?
– प्रशस्त पानी पिउने
– चिसो पानीले नुहाउने।
– शीतल ठाउँमा बस्ने।
– चिसो ठाउँमा बसेर आराम गर्ने।
– भिजेको चिसो कपडा निधार, हत्केला, गोडा, पैंतालामा पानीपट्टी लगाउने।
– शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो लगाउने।
– पानी, जीवनजल वा झोलिलो खानेकुरा खाने।
– कफी, चिनीको मात्रा धेरै भएको चियो पेय पदार्थ वा बियर, जाँडरक्सी नखाने।
– गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था जाने।
प्रतिक्रिया दिनुहोस !