एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव सम्पन्न

एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव सम्पन्न
सुन्नुहोस्

काठमाडौं : नेपाली नयाँ वर्ष २०८० का अवसरमा शनिबार काठमाडौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव- पर्पल स्याटर्डे भव्य रूपमा सम्पन्न भएको छ।  

'नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम' भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो। 

नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान)ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना गरिएको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रि सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) का पदाधिकारीहरूले संयुक्त रूपमा महोत्सवको उद्घाटन गरेका थिए।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको संस्कृति प्रवर्द्धन एवम् संरक्षणमा सहयोग गर्ने महोत्सवको मुल उद्देश्य थियो। 

काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतिका साथै महोत्सवको औपचारिक शुभारम्भ बिहान ११ बजे भएको थियो। कार्यक्रम बेलुकी ९ बजेसम्म आयोजना गरिएको थियो। गीत संगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू र रमाइला गतिविधिहरू आयोजना गरिएको थियो। कार्यक्रम सुरु भएदेखि बेलुकासम्म एक लाख ५० हजारभन्दा बढी मानिसहरूले महोत्सवमा भाग लिएका थिए। 

महोत्सवमा विभिन्न गायक-गायिका, कलाकार तथा सांगितिक समुहहरूले आआफ्ना प्रस्तुति दिए। कुटुम्ब, दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेँलो बत्ती मुनी, त्रिशाला गुरुङ, आविस्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस्को प्रस्तुति थियो।

यसका साथै महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरू पनि प्रर्दशनीमा राखिएका थिए। 

बालबालिकाका लागि विभिन्न आकर्षक गेमहरूसहित छुट्टै किडस् जोनको विषेश व्यवस्था गरिएको थियो भने विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विशेष प्रदर्शन-प्रस्तुतिका स्टलहरू महोत्सवको आकर्षणमा थियो। 

यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। महोत्सवमा आउने सबैका लागि फोटा तथा भिडिओ बनाउन टिकटक बुथ र डिजे बुथ पनि राखिएको थिए। 

महोत्सव काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डको विशेष सहयोगमा आयोजना भएको हो। सह–प्रायोजकमा काल्र्सबर्ग र अन्य सहयोगी संस्थामा कुनु नेपाल र एनडिज् आइसक्रिम थिए। 

पछिल्लो पटक देखिएको तरलता संकट लगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.