घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

स्याङ्जा : जिल्लाको पुतलीबजार नगरपालिका-११ ले आफ्ना वडाभित्रका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसहित सम्मान कार्य सोमबारदेखि सुरु गरेको छ।

निर्वाचित जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली जेष्ठ नागरिकका घरघरमा पुगेर सम्मान गरेका हुन्। उनीहरूले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, स्वास्थ्यवर्द्धक  खाद्य सामग्री प्रदान गर्नुका साथै घरघरमा पुगेर दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन्।

पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले करेण्डाँडा निवासी एक सय वर्षीया रुपा पराजुलीलाई पहिलो चरणमा सम्मान गरे। सम्मानसहित उनले च्यावनप्राश लगायत आवश्यक औषधि समेत उपलब्ध गराए। 

९२ वर्षीया गंगादेवी अर्याल, ८८ वर्षीय भूमिजंग केसी र ८५ वर्षीय श्रीप्रसाद अर्याललाई सम्मान गरिएको छ। नगरप्रमुख रेग्मीले भने, ‘जेष्ठ नागरिक हामी सबैका पथपर्दशक हुनुहुन्छ। उहाँहरूका ज्ञान, सीप र अनुभवलाई धारणा गरेमा सबैको भलो हुन्छ। यसतर्फ पुतलीबजार नगरपालिकाले आगामी दिनमा समेत आवश्यक सहयोग गर्नेछ।’ 

त्यसपछि करेण्डाँडाका स्वास्थ्य चौकी प्रमुख तीर्थराज अर्यालले उनीहरूको स्वास्थ्य परीक्षण गरे। वडा अध्यक्ष मनोज पौडेलले वडाभित्रका सबै जेष्ठ नागरिकलाई क्रमशः सम्मान एवं नियमित स्वास्थ्य परीक्षण गरिने बताए। 

यसपटक विस १९९८ सालसम्म जन्मेका वडाका ५५ जना जेष्ठ नागरिकलाई पहिलो चरणमा सम्मान गरिने लक्ष्य रहेको उनले जनाए। सम्मान कार्यक्रममा कार्यपालिका सदस्य एवं वडा सदस्य संजीता अर्याल, वडा सचिव बेलबहादुर थापा, जेष्ठ नागरिक लगायतले वडाको सामाजिक कार्यप्रति धन्यवाद व्यक्त गरे। घरमै आएर सम्मान पाउँदा खुशी लागेको८८ वर्षीय भूमिजंग केसीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.