घर जलेपछि परिवारको बिचल्ली

घर जलेपछि परिवारको बिचल्ली
सुन्नुहोस्

मलंगवा : सर्लाहीको मलंगवा नगरपालिका-४ मा आइतबार राति आगलागीमा परेर सुरेश रामको घर खरानी बनेको छ।

काठको एक तल्ले घर जलेर खरानी बन्दा रामको परिवार बिचल्लीमा परेको छ। विद्युत् सर्ट भई आगो लाग्दा घर जलेर नष्ट भएको छ। काठ र फुसले बनेको घर जलेर नष्ट हुँदा रामको परिवार छिमेकीको घरमा शरण लिन पुगेको छ। सम्पतिका नाउँमा रहेको एक मात्र घर जलेर नष्ट भएपछि परिवार नै बिच्चलीमा परेको स्थानीयको भनाइ छ।

६ महिना अगाडि पक्की घर बेचेर साहुलाई ऋण तिरी भाडाको जमिनमा काठ र फुसको घर बनाएर बस्दै आएको रामले बताएका छन्। '३० लाखमा पक्की घर र ४ धुर घडेरी बेचेर साहुलाई ऋण तिरेका थियौं। बस्ने जमिन र घर नभएपछि भाडामा जमिन लिएर फुस र काठको घर बनाएका थियौं। ८ जनाको परिवार त्यही घरमा गुजारा गर्दै आएका थियौं।' 

'७ दिनको शिशु नाति अहिले उपचारका लागि अस्पतालमा छन्। ऋण काढेर उसको उपचार गर्दै छु। यता घर जल्यो। अब घर बनाउने कि नातीको उपचार गर्ने,'  उनले भने। नातीको अहिले भारतको सीतामढीमा उपचार भइरहेको छ। 

आगोमा परी अन्न, लत्ता कपडा, भाडाँकुडा, गहना र नगद पनि जलेर नष्ट भएको छ। बृद्ध आमाबुबा, छोरा बुहारी र स-साना नातिनातिनाहरू छन्। तिनीहरूको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता सताउन थालेको रामले दुखेसो पोखेका छन्।

रातिको समयमा घर आगलागी हुँदा आगो नियन्त्रण हुन नसकेको स्थानीय बासीको भनाइ छ। गर्मीको समयमा काठ र फुसले बनेको घरमा चाँडै नै आगो फैलिएकाले नियन्त्रण हुन नसकेको स्थानीयले बताएका। 

आगलागी नियन्त्रणका लागि प्रहरी प्रशासन र बारुण यन्त्र नआउँदा स्थानीय आक्रोशित बनेका थिए। आक्रोशित स्थानीयले राति नै नगरप्रमुखको घर, नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा ढुंगामुढा गरेका थिए। 

आक्रोशित भीडले हानेको ढुंगा लागेर पाँच प्रहरी समेत घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरूको अवस्था अहिले सामान्य रहेको छ। ढुंगामुढा गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.