सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन
सुन्नुहोस्

महोत्तरी : गौशाला नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १ सम्म अंग्रेजी माध्यमबाट पठनपाठनको शुभाराम्भ गरिएको छ। 

शैक्षिक सत्र २०८० का लागि नयाँ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै यहाँका सामुदायिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १ सम्म अंग्रेजी माध्यममा पठनपाठन गराइरहेका छन्।

पछिल्लो समयमा आएर निजी विद्यालयप्रति अभिभावकको झुकाव बढ्दै गएको समयमा नगरपालिकाले यसतर्फ ध्यान दिएका छन्। नगरपालिकाले यसबर्षदेखि नर्सरी कक्षा, केजी र कक्षा १ मा अनिवार्य अरूपमा अंग्रेजीमाध्यमबाट पठनपाठन गराइने नगरप्रमुख डा. दिपेन्द्र महतोले बताए। 

त्यस्तै कक्षा १ मा भर्ना हुने क्रममा विद्यार्थीहरूलाई क्षमता परीक्षण गरी मात्र भर्ना गरिने नगरप्रमुख डा. महतोले जानकारी दिएका छन्।  

नगरप्रमुख डा. महतोले भने, ‘विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएका हौँ। अहिले नगभरिका विद्यालयमा परीक्षणको रूपमा ल्याएका छौं। अगामी वर्षदेखि त्यसलाई क्रमिक रूपमा माथिल्लो कक्षामा पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराउने नगरपालिकाको योजना रहेको छ।’

गुणस्तरीय अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि स्थानीय अभिभावकको सक्रियता र बालबालिकाको आकर्षण निश्चित रूपमा बढ्ने नगरप्रमुख महतोको विश्वास छ। 

नगरप्रमुख महतोले अगाडि भने, ‘पछिल्लो पटक निजी विद्यालयमा विद्यार्थीको मोह बढ्दै गएको छ। यता क्रमिक रूपमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै छ। अब गौशाला नगरपालिकाले निःशुल्क रूपमा सामुदायिक विद्यालयबाटै अंग्रेजी माध्यममा पठनपाठन गराउन थालेपछि त पक्कै यहाँका शैक्षिक जगतमा सकारात्मक प्रतिफल आउने छ।’

सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षकको अभाव र भौतिक संरचनाको अभाव रहेको शिक्षा शाखाका भरत सिंहले बताए। उनले भने, ‘नगरले यसतर्फ पनि पहलकदमी उठाएको छ। शिक्षकको क्षमता बढाउनका लागि प्रशिक्षणको समेत व्यवस्थापन गरिनुको साथै शैक्षिक सुधारका लागि नगरपालिकाको क्रमिक रूपमा आवश्यक्ता अनुसार योजना ल्याउने छ। जसले यहाँको शैक्षिक जगतमा परिवर्तन निश्चित छ।’ गौशाला नगरपालिकामा ३२ वटा सामुदायिक विद्यालयहरू रहेका छन्। 

विद्यार्थी बढाउन निजी विद्यालयका गाडी प्रवेशमा निषेध 

बर्दिवास नगरपालिकाको सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनका लागि निजी विद्यालयका गाडी वडामा प्रवेश निषेध गरिएको छ। वडा नं. ३ का क्षेत्रभरिमा निजी विद्यालयको गाडीमा रोक लगाइएको वडा कार्यालयले निर्णय गरिएको छ। 

पाटु गाउँमा विद्यार्थी बोक्न जाने निजी विद्यालयका गाडीलाइ निषेध गरिएको वडा अध्यक्ष बिराट विष्टले जानकारी दिएका छन्। वडाअध्यक्ष विष्टले भने, ‘गत फागुनमा शिक्षक अभिभावक संघको भेलाले गरेको निर्णयलाई वडा कार्यालयले ऐक्यवद्धता जनाएको छ। 

विद्यालयको शैक्षिक गुणस्तर सुधार नगरी निजी विद्यालयको गाडीलाई निषेध गर्नुले बालबालिकाको पढ्न पाउने अधिकार हनन् गर्न खोजेको उनीमाथि आरोप लागेको छ। नजिकमा रहेको जनजागृत माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न नसकेपछि पाटुका धेरै अभिभावकहरूले निजी विद्यालयमा नै पढाउँदै आएका छन्।

बर्दिबासमा नै रहेको निजी विद्यालय सनसाइन इङलिस बोर्डिङ स्कुल, एभरेस्ट पब्लिक एकेडेमी, नोबेल बोर्डिङ स्कुल र बर्दिबास बोर्डिङ स्कुलले त्यहाँबाट विद्यार्थी बोक्दै आएका छन्। 

यसैको कारणले पनि जन जागृत माध्यामिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको केही स्थानीय र जनप्रतिनिधिको ठहर छ।

‘घारी टोल, तल्लो पाटु, माथिल्लो पाटु लगायतका ठाउँहरूबाट विद्यार्थीहरू निजी विद्यालयमा जाने भएकाले उक्त ठाउँमा सवारी साधन आउन निषेध गर्ने निर्णय गरेका हौं, ’अभिभावक संघका अध्यक्ष रमेश खत्रीले भने।

निजी विद्यालयका सञ्चालकले वैशाख–५ गतेपछि निषेध गरिएको क्षेत्रमा निर्वाध रूपमा गाडी चल्ने बताए। एभरेस्ट पब्लिक एकेडेमीका संचालक अरुण कार्कीले कानुन हातमा लिएर तनाशाही निर्णय गरेको आरोप लगाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.