लागुऔषधसहित विभिन्न स्थानबाट आठजना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट आठजना पक्राउ
सुन्नुहोस्

काठमाडौं : प्रहरीले लागुऔषधि विभिन्न स्थानबाट ८ जनाले पक्राउ गरेको छ।  सर्लाही,मोरङ,कैलाली,पर्सा र बारामा लागुऔषधिसहित ८ जना पक्राउ परेका हुन्। 

सर्लाही,बरहथवा नगरपालिका - ७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई अवैध लागूऔषध गाँजा ४ सय ८० ग्रामसहित पक्राउ परेका  छन्। । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले घरभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी सर्लाही,लालबन्दी नगरपालिका-१२ जियाजोर जाने बाटो नजिकबाट अवैध लागुऔषध गाँजा करिब ९ केजीसहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय वीरबहादुर गोलेलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले बा।५० प २९९८ नम्बरको मोटरसाइकल चालक गोलेलाई गाँजासहित पक्राउ गरेको हो।

मोरङ, उर्लाबारी नगरपालिका-३ केर्खाली चोक बस्ने १९ वर्षीय विश्वास धिमाल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २१ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धिमालको घरबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली,गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोही नगरपालिका(७ बस्ने २८ वर्षीय पदम साउँद समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पर्सा, वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ९० ट्याब्लेट, एकसय एमएलको वानरेक्स ५ बोतल र लागुऔषध चरेस जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित मकवानपुर हेटौंडा उपमहनागरपालिका-११ का ३१ वर्षीय बिकी विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना .७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

बारा, सिम्रौनगढ नगरपालिका-१ ढाटटोलाबाट अवैध लागुऔषध गाँजा ३० केजी प्रहरीले बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले उक्त लागुऔषध फाली फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.