फुङ्लिङ बजारमा नगरपालिकाले चलायो डोजर

फुङ्लिङ बजारमा नगरपालिकाले चलायो डोजर
सुन्नुहोस्

ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्रको सडक क्षेत्राधिकार भित्र निर्माण गरिएको अस्थायी संरचना नगरपालिकाले भत्काउन थालेको छ। 

चौथो पटकसम्मको म्यादमा पनि दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रका नहटाएका संरचना मंगलबारबाट नगरपालिकाले आफैं भत्काएको हो।

नगरपालिकाले अन्तिम पटक गत चैत २६ गते सडक सीमा दायाँ बायाँका संरचना आफैं हटाउन स्थानीयलाई अवधि दिएको थियो। बैशाख २ गते म्याद सकिएपछि नगरपालिकाले उक्त क्षेत्रका संरचना धमाधम भत्काउन थालेको छ।

पुस २४ गतेबाट पटक–पटक सडक सीमा क्षेत्र भित्रका संरचना आफैं हटाई सहयोग गर्न स्थानीयलाई आग्रह गरिएको र अन्तिम पटकको मौकामा समेत नहटाइएका सडक सीमा क्षेत्र भित्रका संरचना डोजर प्रयोग गरी हटाउन थालिएको नगरप्रमुख अमीर मादेनले जानकारी दिए। 

यसअघि नगरपालिकाले सडक क्षेत्र भित्रको नक्साङ्कन गरेको थियो। त्यसपछि धमाधम संरचना हटाउन थालिएको छ। सुरुमा अस्थायी संरचना र त्यसपछि पक्की सहितका सडक सीमा क्षेत्र भित्रका अन्य संरचना हटाइने नगरपालिकाको तयारी रहेको छ।

 नगरपालिकाले यसअघि सडकको भाग रेखांकन गर्दै नगरबासीलाई अस्थायी रूपमा बनाइएका घर टहरा सहितका संरचनाहरु हटाउन पटक–पटक सूचना गरेको थियो। नगरपालिकाको सूचना पछि कतिपयले आफैँ हटाएका थिए भने केहिले भने उठिबास लाग्ने भन्दै विरोध जनाएका थिए। रेखांकन गर्न समेत नगरबासीले अवरोध गरेका थिए।

बजार क्षेत्रको सडक साँघुरो हुँदा यातायातमा कठिनाई हुनुका साथै पैदलयात्रु समेत असुरक्षित हुने गरेकाले फराकिलो बनाउने योजना बनाएको नगर प्रमुख मादेनले बताए।  

नगर क्षेत्रलाई सुन्दर र हराभरा बनाउन फराकिलो सडक आवश्यक भएकाले पनि सडक बिस्तार प्राथमिकतामा परेको उनको भनाइ छ। उनका अनुसार १५ मिटर भित्रैबाट दुवै तर्फ डेढ मिटरका दरले खाली भाग राखिने छ। 

सडक विस्तारकै क्रममा खानेपानीका पाइप, बिजुलीका पोल र तारलाई समेत व्यवस्थित गर्दै लैजाने योजना रहेको मादेनले बताउनुभयो। वर्षौदेखिका संरचना हटाउँदा उठिबास लाग्ने भन्दै कतिपय नगरबासीले भने विरोध गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.