आज देशका यी स्थानमा वर्षा हुने
सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका केही भूभागहरूमा तुवाँलोको सम्भावना रहेको छ ।
काठमाडौं : आज देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका केही भूभागहरूमा तुवाँलोको सम्भावना रहेको छ ।
बुधबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !