ट्रकको ठक्करबाट २ जनाको मृत्यु

ट्रकको ठक्करबाट २ जनाको मृत्यु
सुन्नुहोस्

मलंगवा : सर्लाहीको लालबन्दी नगरपालिका-६ फुटबल मैदान नजिक ट्रकको ठक्करबाट दुई जना मोटरसाइकल यात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका-११ भरतपुरका २९ वर्षीय श्रवण कुमार महतो र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १२ वर्षीय विक्रम कुमार महतो रहेका छन्। 

ना ३३ प ७५१३ नम्बरको मोटरसाइकलमा सबारी भई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा सोही दिशाबाट किलिङ्कर लोड गरेको प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले ठक्कर दिँदा श्रवण र विक्रमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

ठक्कर दिने ट्रक र सुनसरीका सुनसरी नगरपालिका-१० इटहरीका ट्रक चालक जितेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.