जनप्रतिनिधिहरूले जनताको विश्वास टुट्न दिनुहुन्नः मुख्यमन्त्री शाह

जनप्रतिनिधिहरूले जनताको विश्वास टुट्न दिनुहुन्नः मुख्यमन्त्री शाह
सुन्नुहोस्

बैतडी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन्। 

मुख्यमन्त्री बनेपछि पहिलो पटक बिहीबार बैतडी पुगेका मुख्यमन्त्री शाहले स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै जनप्रतिनिधिप्रति विश्वास टुट्दै गएमा संविधान र संघीयता प्रतिको विश्वास नै टुट्न भएकाले जनप्रतिनिधिहरू सजग रहनुपर्ने बताएका हुन्। 

‘हामी जनप्रतिनिधि हौँ, जनप्रतिनिधिले जनताप्रति उत्तरदायी हुनुपर्छ, हाम्रा बारेमा जनताले प्रश्न गर्ने ठाउँ राख्नु हुँदैन,’ मुख्यमन्त्री शाहले भने, ‘हामीप्रतिको विश्वास घट्दै गयो भने संविधान र संघीयताप्रतिकै विश्वास टुट्ने छ।,’ 

उपलब्ध श्रोत साधनलाई पनि सही ढंगबाट परिचालन गर्नुपर्ने आजको आवश्यकता रहेको मुख्यमन्त्री शाहको भनाइ छ। ‘हामीसँग सीमित श्रोत साधान छ, भएको श्रोत साधन पनि सही ढंगले परिचालिन गर्दिए हुन्थ्यो भन्ने सन्देश दिन आवश्यक छ।’ जनताको विश्वास जितेर जनतासँगै सहयात्रा गर्नुपर्ने मुख्यमन्त्री शाहको भनाइ छ। 

सुदूरपश्चिमको विकासका लागि तीनै तहको सरकारले हातेमालो गर्नु आवश्यक रहेको मुख्यमन्त्री शाहले औंल्याए। वडा तहबाटै छनौट भएर आएका योजनालाई प्राथमिकतामा राख्नुपर्ने पनि मुख्यमन्त्री शाहले बताएका छन्। 

वडाअध्यक्ष लगायत वडाका जनप्रतिनिधिहरू जनताका समस्यासँग प्रत्यक्ष जोडिने भएकाले वडाबाटै प्रक्रियागत ढंगबाट आएका योजनाहरूलाई सरकारले अघि बढाउने बताए। 

‘वडालाई सक्रिय गराउनु पर्छ, जनताको प्रत्यक्ष समस्यासँग वडाका जनप्रतिनिधिहरू जोडिएका हुन्छन्, वडाबाटै प्रक्रियागत ढंगबाट योजना छनौट भएर आउनुपर्छ,’ मुख्यमन्त्री शाहले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.