डढेलो निभाउने क्रममा जलेर घाइते भएका थापाको मृत्यु

डढेलो निभाउने क्रममा जलेर घाइते भएका थापाको मृत्यु

स्याङ्जा : गएको चैत २९ गते जंगलमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका इन्द्र थापाको उपचारका क्रममा सात दिनपछि मृत्यु भएको छ।

कालीगण्डकी गाउँपालिका-३ लसर्घा देउराली निवासी उनी आलमदेवी नजिकको जंगलमा लागेको आगो निभाउने क्रममा ३७ वर्षीय थापा जलेर गम्भीर घाइते भएका थिए। 

त्यसपछि थापाको कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार भइरहेको थियो। उपचारकै क्रममा बुधबार बिहान उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। 

जंगलमा लागेको आगो बस्तीमा पस्न सक्ने भएपछि उनी आगो निभाउन गएको बताइएको छ। निभाउने क्रममै जलेर गम्भीर घाइते भएका थिए। 

यसैबीच स्याङ्जाका विभिन्न स्थानमा आगलागी र डढेलोका घटना बढेका छन्। डिभिजन वन कार्यालय स्याङ्जाका अनुसार अहिले सम्म १८ सय हेक्टर जंगलमा डढेलोले क्षति पुर्‍याएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.