तनहुँमा मध्यान्ह १२ बजेसम्म २५ प्रतिशत मतदान
![तनहुँमा मध्यान्ह १२ बजेसम्म २५ प्रतिशत मतदान](https://annapurnapost.prixacdn.net/media/albums/tanahu-election_Q3jp1GK4Bv_Ddl7gvsl59.jpg)
तनहुँ : तनहुँ क्षेत्र नं-१ को उपनिर्वाचनमा बिहानैदेखि उत्साहजनक रुपमा मतदान भइरहेको छ। मध्याह्न १२ बजेसम्म २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार ६९ मतदानस्थल रहेको यस क्षेत्रको १५२ मतदान केन्द्रमा शान्तिपूर्ण र सौहार्द वातावरणमा मतदान चलिरहेको छ।
यस क्षेत्रमा १ लाख २३ हजार ३०५ जना मतदाता रहेका छन्। मतदान गराउन ७ सय ६० कर्मचारी खटिएका छन्। निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन निर्वाचन कार्यालयले आग्रह गरेको छ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा बिहान १२ बजे मतदान गरेका छन्। एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको जिल्लामा मतदाता नामावलीमा नाम नरहेकोले मतदान गर्न पाउने छैनन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)