बस दुर्घटनामा एक जनाको मृत्यु, ३८ घाइते
तानसेन : पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। ३८ जना घाइते भएका छन्। मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिका-३ खैरेनीकी ३६ वर्षीया राधिका पौडेल रहेको प्रहरीले जनाएको छ।
आइतबार बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस तानसेन बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका-५ जोरधारामा बिहान साढे ९ बजे दुर्घटना भएको थियो।
घाइते हुनेहरूमा सत्यवती गाउँपालिका-५ गुल्मीकी १३ वर्षीया विनिता भण्डारी, हसरा गुल्मीकी ६६ वर्षीया कान्ता भण्डारी, इस्मा गुल्मीका २७ वर्षीय प्रेमबहादुर मुखिया, इस्मा -७ गुल्मीका ३२ वर्षीय राजु बराली, दैलेखकी ३० वर्षीया मिना सिंजापति, गल्कोट-४ बागलुङका ६४ वर्षीय रामबहादुर खत्री, अर्घाखाँचीका ७३ वर्षीय कर्णबहादुर खत्री, बागलुङका ३२ वर्षीय तिलक विक, बढीगाड गाउँपालिका बागलुङकी ३० वर्षीया सरिता विक, सोही ठाउँकै २ वर्षका सतिश विक, गुल्मीका विपिन पल्ली, गुल्मी सत्यवतीका १२ वर्षीय विष्णु भण्डारी, गुल्मी धुर्कोटका ४९ वर्षीय भिमानन्द भण्डारी, गुल्मी बिरवासका १४ वर्षीय गौरव सुनार, पाल्पा लघुवाका ५९ वर्षीया कमला कुंवर, नवलपरासी कावासतीकी ६१ वर्षीया लिला कंडेल, तानसेन -१४ अर्गेलीका ४५ वर्षीय विष्णु पाण्डे, देवदह -३ रुपन्देहीका ४८ वर्षीय यमनाथ पौडेल, बुटवलकी ४३ वर्षीया पुष्पा मिदुन, रुपन्देहीका ३८ वर्षीया केवश वर्देवा, रुपन्देहीकै ४० वर्षीया इन्द्र दर्जी रहेका छन्।
यसैगरी दाङकी २८ वर्षीया दुर्गा चौधरी, दाङकै २८ वर्षीय सुनिल चौधरी, गल्कोट-४ बागलुङकी ३८ वर्षीया कोपिला नेपाली, सत्यवती-१ गुल्मीकी १९ वर्षीया रेस्मा पाण्डे, नवलपरासीका ३२ वर्षीया रुपेश श्रेष्ठ, रुकुमका ३५ वर्षीय राजेश कुमार पुन, रुपन्देही-२ बुटवलका ३५ वर्षीय अनुज कुमार गुप्ता, गुल्मीकी ३० वर्षीया गंगा बराली, गुल्मीकै २ वर्षीय अनुभव बराली, रैनादेवी छहरा -४ पाल्पाका २९ वर्षीय दीपक परियार, रुपन्देही बुटवलका ४५ वर्षीय दीपेश थापा, रैनादेवी छहरा पाल्पाका २८ वर्षीया ओमप्रकाश कोइराला, मणिग्राम रुपन्देहीकी २३ वर्षीया अनिता पाण्डे, हुम्ला सार्कीघाटका ३८ वर्षीय गणेश फडेरा, अर्घाखाँचीका ४० वर्षीय बस चालक तुल्सीराम पाण्डे र कुसुमखोला पाल्पाकी विष्णु थापा घाइते रहेको लुम्बिनी मेडिकल कलेज प्रभासले जनाएको छ। घाइते ३८ जनाकै लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ।
घाइते भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजु शाक्यले बताए।
प्रतिक्रिया दिनुहोस !