महिला कृषकलाई उन्नत जातको मकैको बिउ र मल वितरण
![महिला कृषकलाई उन्नत जातको मकैको बिउ र मल वितरण](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_bW60I4KO2g_MlY0IfaEZS.jpg)
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१० का महिला कृषकहरूलाई उन्नत हाइब्रिड जातको मकैको बिउ तथा रासायनिक मल वितरण गरिएको छ।
वडा स्तरीय महिला सञ्जालको आयोजनामा वडा भित्र रहेका महिला कृषकहरूलाई उन्नत जातको हाईब्रीड सिपी जातको मकैको बिउ र मल वितरण गरिएको महिला सञ्जालकी अध्यक्ष एन्दिरा हमालले बताइन्।
उन्नत हाइब्रीड जातको मकैको बिउ वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले महिलाहरूलाई कृषिको माध्यमबाट आत्मनिर्भर बन्न आग्रह गरिन्।
उनले उत्पादन वृद्धि नभएसम्म समृद्धि नहुने भएकाले व्यावसायिक कृषि पेसामा लागेर उत्पादन बढाउन र आत्म निर्भर बन्न आग्रह गरिन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)