तनहुँमा ५२ प्रतिशत मत खस्यो

तनहुँमा ५२ प्रतिशत मत खस्यो

तनहुँ : तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। बिहानदेखि उत्साहजनक रूपमा भएको मतदान दिउँसो घाम लागेपछि पातलिएको थियो। 

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ। 

उनले भने ‘हामी अहिले डेटा संकलन गर्दर्छौँ। प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरेका छौँ। ठ्याक्कै तथ्यांक केहीबेरमा जानकारी गराउनेछौँ।’ 

गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो। ६९ मतदानस्थल रहेको यस क्षेत्रको १५२ मतदान केन्द्रमा शान्तिपूर्ण र सौहार्द वातावरणमा मतदान भएको हो। 

यस क्षेत्रमा १ लाख २३ हजार ३०५ जना मतदाता रहेका छन्। मतदान गराउन ७ सय ६० कर्मचारी खटिएका थिए। 

सवै मतदान केन्द्रबाट मतपेटिका ल्याएपछि सर्वदलिय बैठक बसेर मतगणनाको समय तोकिने प्रमुख ढकालले बताए। उनका अनुसार कोटा, वैडी, छिपछिपे, व्यास तथा भानुका उपल्लो भेगबाट राति १२ बजेसम्म मतपेटिका आइपुग्ने छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.