लुम्बिनीमा एमालेको सरकार ढल्यो, मुख्यमन्त्री गिरीको पक्षमा  ३३ मत मात्रै

लुम्बिनीमा एमालेको सरकार ढल्यो, मुख्यमन्त्री गिरीको पक्षमा  ३३ मत मात्रै

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सभामा पेश गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले पेश गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

गिरीले पेश गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएसँगै लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गिरीको पक्षमा  ३३ र विपक्षमा ५३ मत खसेको छ । लुम्बिनी प्रदेशमा ८७ सांसद् छन् । 

गत पुस २७ मा  ५८ सांसद्को समर्थनमा गिरी मुख्य मन्त्री बनेका थिए । 

यसअघि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले बहुमतको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । 

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका २७,नेकपा एमालेका २९,नेकपा माओवादी केन्द्रका १०,नागरिक उन्मुक्ति,राप्रपाका ४/४,जसपा,जनमत पार्टी र लोसपाका ३/३/३,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ र स्वतन्त्रतर्फका २ सांसद छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.