गाई मारेको मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले गोबध कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले गोबध कसुर मुद्दामा ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी जैमिनी नगरपालिका–८ का २७ वर्षीय अगनबहादुर नेपालीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बागलुङ जिल्ला अदालतले २०६७ बैशाख १० गते गोबध कसुर मुद्दामा नेपालीलाई सजाय तोकिए पनि फरार रहँदै आएको बताए । उनले प्रहरी चौकी छिस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।
नेपालीलाई लगत कट्टा गर्नका लागि सोमबार जिल्ला अदालत बागलुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
