उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दियो, नयाँ ढंगले जुटौं : महामन्त्री शर्मा

उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दियो, नयाँ ढंगले जुटौं : महामन्त्री शर्मा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । शर्माले देशको समय बदल्न नेतृत्व गरेको दलले समय अनुरुप आफूलाई बदल्नु पर्ने आवश्यक रहेको बताएका छन्।

विजयी उम्मेदवारलाई बधाई दिँदै महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ।’ 

उनले नवीन अभियानमा नयाँ ढंगले जुट्ने र मतदाताको सम्मान गर्ने बताए। ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी। आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ।’

तीन क्षेत्रमा भएको उपनिर्वाचनबाट नेपाली कांग्रेसले एक सिट गुमाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट बढाउन सफल भएको छ। उपनिर्वाचनमा चितवन-२ मा रास्वपाका सभापति रवि लामिछाने र तनुहँ-१ रास्वपाकै स्वर्णिम वाग्ले शानदार मतका साथ विजयी भएका छन्।

बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्। रास्वपाले सत्ता गठबन्धनलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएको हो भने जसपा नेता यादवले सत्ता गठबन्धनको साथमा नै निर्वाचन जितेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.