पाल्पा महोत्सव सुरु
तानसेन : तानसेनमा बिहीबारदेखि पाल्पा महोत्सव सुरु भएको छ। कोरोनाका कारण ठप्प भएको आर्थिक क्रियाकलाप चलायनमान बनाउनका लागि महोत्सव सुरु भएको हो।
पाल्पा उद्योग वाणिज्य संघले ५ वर्षपछि महोत्सव आयोजना गरेको हो। महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको कारोबार हुने आकलन गरिएको छ। १० दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ सय स्टल राखिएको छ।
महोत्सवबाट बचेको रकम संघको अपुरो बहुउद्देश्यीय भवन निर्माण तथा टुँडिखेल मर्मतमा खर्च गरिने मुल समितिका संयोजक एवं संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस !