आज देशका यी स्थानमा हावाहुरीसहित पानी पर्ने
देशैभरका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ।
काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ।
देशैभरका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ।
सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !