आगलागीबाट मृत्यु भएका परिवारलाई पालिकाको सहयोग

आगलागीबाट मृत्यु भएका परिवारलाई पालिकाको सहयोग
सुन्नुहोस्

स्याङ्जा : कालीगण्डकी गाउँपालिकाका-३ लसर्घा देउरालीका इन्द्र थापाको परिवारलाई आगलागी पीडितलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको छ। आगलागीका कारण मृत्यु भएका थापाको परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो।

थापाका छोरी जस्मिन थापालाई गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला लगायतले सहयोग हस्तान्तरण गरे।

उनी आलमदेवी नजिकको जंगलमा लागेको आगो निभाउने क्रममा ३७ वर्षीय थापा जलेर गम्भीर घाइते भएका थिए। घाइते उनको उपचारका क्रममा एक सातापछि मृत्यु भएको हो।

चैत २९ गते आगोले गम्भीर घाइते भएका थापाको वैशाख ६ गते उपचारका क्रममा बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो। जंगलमा लागेको आगो गाउँमा पस्न नदिनका लागि आगो नियन्त्रण गर्न खोज्दा ज्यानै जोखिममा परेको हो। 

आर्थिक अवस्था कमजोर रहेको परिवारलाई केही राहत दिनका लागि सहयोग गरेको अध्यक्ष थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.