आज पनि देशका यी ठाउँमा पानी पर्ने
काठमाडौं उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौंको आकाशमा बिहानैदेखि बदली रहेको छ ।
काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौंको आकाशमा बिहानैदेखि बदली रहेको छ ।
कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागमा केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !