पदबहालीपछि कानुनमन्त्री गुरूङले भने - भ्रष्टाचारीलाई कानुनले जोगाउँदैन

पदबहालीपछि कानुनमन्त्री गुरूङले भने - भ्रष्टाचारीलाई कानुनले जोगाउँदैन

काठमाडौं : नवनियुक्त कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्य गर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री गुरुङले सुशासनमा ध्यान केन्द्रीत गर्ने भन्दै ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्यका लागि प्रयास गर्ने बताए। 

उनले चुस्त र दुरुस्त ढंगबाट सबैलाई कानुन बराबर गर्ने विषय आफ्नो प्राथमिकता हुने जिकिर गरे । गुरुङले कानुनभन्दा माथि कोहि पनि नहुने भन्दै कानुन बमोजिम सबै अघि बढ्नुपर्ने धारणा राखे । जुनसुकै ठाउँमा हुने भ्रष्टाचारका सन्दर्भमा कसैलाई पनि छुट नहुने उनले स्पष्ट पारे।

मन्त्री गुरूङले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई निष्पक्ष,स्वतन्त्र र चुस्त दुरुस्त बनाउन भूमिका खेल्ने बताए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.