कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरूलाई पूर्णता दिने

कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरूलाई पूर्णता दिने
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरूलाई केन्द्रीय कार्य समिति बैठकमार्फत पूर्णता दिने भएको छ। 

पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगंजमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले भ्रातृ संगठन र पार्टीका विभागलाई पूर्णता दिनका लागि आन्तरिक गृहकार्य गर्ने र बैशाख २८–२९ गते बस्ने केन्द्रीय कार्य समिति बैठकबाट पूर्णता दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। 

भ्रातृ संगठन र पार्टीका विभागहरूलाई पूर्णता दिनका लागि सूची तयार भइरहेको र आवश्यक सुझाव लिइने उनले बताए। महतले भातृ संगठनहरूको आकार केही बढ्न सक्ने उल्लेख गरे। 

उनले नक्कली शरणार्थी प्रकरणमा गम्भीर भएको भन्दै संलग्नलाई आवश्यक कारबाही गर्नका लागि कांग्रेसले सघाउने बताए। अर्थमन्त्री समेत रहेका महतले आपराधिक क्रियाकलापका सहभागीलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याउनुपर्ने भन्दै गैर कानूनी क्रियाकलाप गर्नेलाई राज्यले संरक्षण गर्न नसक्ने स्पष्ट पारे।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.