सेती अस्पताललाई ‘क’ वर्गको एम्बुलेन्स

सेती अस्पताललाई ‘क’ वर्गको एम्बुलेन्स
सुन्नुहोस्

धनगढी : कैलालीमा रहेको सेती प्रादेशिक अस्पताललाई रोटरी क्लब अफ धनगढीले ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ। 

करिब एक करोड ३५ लाखको लागतमा जापानमा तयार पारिएको टोयोटा कम्पनीको आईसीयु र भेन्टिलेटर सहितको एम्बुलेन्स हस्तान्तरण गरिएको हो। 

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे।

कोरोनाका बेला आईसीयु र भेन्टीलेटर भएका एम्बुलेन्स नपाएर बिरामीको मृत्यु भएका घटनाहरू देखेपछि क्लबले ‘क’ वर्गको एम्बुलेन्स बनाउने निर्णय गरेको एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक हरिशंकर ठाकुरले बताए। 

आईसीयु र भेन्टिलेटरयुक्त एम्बुलेन्स नहुँदा बिरामीको मृत्यु भइरहेको थियो। त्यही समस्या समाधान होस भनेर रोटरीले सेती प्रादेशिक अस्पताललाई ‘क’ बर्गको एम्बुलेन्स हस्तान्तरण गरेको क्लब धनगढीका अध्यक्ष ठेकेन्द्र राज जोशीले बताए। 

एम्बुलेन्स खरिदमा एक करोड ३५ लाख लागत लागेको थियो। टोयोटाको ल्याण्डकुजर मोडेलको गाडी बजारमा साढे ३ देखि ४ करोड पर्छ। 

प्रदेशको सामाजिक विकास मन्त्रालयको सिफारिसमा यही मोडेलको एम्बुलेन्स भन्सार छुटमा खरिद गरिएको हो। एम्बुलेन्स खरिदका लागि दाताहरूले ५० हजार देखि १४ लाखसम्म आर्थिक सहयोग गरेका थिए। 

यसमा आईसीयुमा जडान हुने सबै उपकरण राखिएको छ। आईसीयुका उपकरण चलाउनका लागि यसमा ९ घण्टाको ब्याट्री क्याकअप रहेको छ।

कोभिडका बेला यसको अवधारणा आएपनि त्यतीबेला कोरोनाकै कारण देखाएर टोयोटा कम्पनीले एम्बुलेन्स तयार पार्नका लागि १५ महिनाको समय मागेपछि हस्तान्तरणमा ढिलाइ भएको हो। सेती प्रादेशिक अस्पताल ३ सय शय्याको घोषणा मात्र भएको छ तर त्यस अनुसारको दरबन्दी अस्पतालमा छैन। 

यस एम्बुलेन्स सञ्चालनका लागि कम्तीमा पनि एनेस्थेसिया असिस्टेन्ट र एक जना नर्सले बिरामीसँगै ड्युटी दिनुपर्छ। यसलाई सञ्चालनका लागि भने चुनौती रहेको डाक्टर हेमराज पाण्डेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.