ओपन बुद्धपूर्णिमा कपको उपाधि न्यू नमोबुद्धलाई

ओपन बुद्धपूर्णिमा कपको उपाधि न्यू नमोबुद्धलाई
सुन्नुहोस्

सिन्धुपाल्चोक : सेभेन ए साईड ओपन बुद्धपूर्णिमा कप २०८० फुटबल प्रतियोगिताको उपाधि न्यू नमोबुद्ध क्लब खाडिचौरले हात पारेको छ।

चौतारा फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा शनिबार न्यू नमोबुद्ध क्लबले चौताराको द फ्लाईङ वर्डस्लाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो। खेल समयभर दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा परिणत भएको थियो।

सुरुमा पेनाल्टी गर्ने मौका पाएका द फ्लाईङ वर्डस्का भीमबहादुर गुरुङले पहिलो गोल गरे। त्यसपछिको पेनाल्टीमा द फ्लाईङ वर्डस्ले असफलता भोग्यो। न्यू नमोबुद्ध क्लबले भने ३ गोल गर्‍यो। क्लबका सुजन, सनिश र सुरेशले १–१ गोल गरी क्लबलाई विजयी गराए। 

उपाधि जितेको न्यू नमोबुद्ध क्लबले नगद ३० हजार र उपविजेता द फ्लाईङ वर्डस्ले १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेका छन्। 

१८ टिम सहभागी खेल भएको विजेता र उपविजेताहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले पुरस्कार प्रदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.