रनवेमा श्री एयरको जहाज रोकिएपछि भैरहवा गएको यती एयरलाइन्सको विमान काठमाडौं फर्कियो

रनवेमा श्री एयरको जहाज रोकिएपछि भैरहवा गएको यती एयरलाइन्सको विमान काठमाडौं फर्कियो
फाइल तस्बिर।
सुन्नुहोस्

भैरहवा : काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ। भैरहवा विमानस्थलको रनवेमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको एसएचए ८२२ उडान नम्बरको जहाज रोकिएपछि यतीको जहाज भैरहवा अवतरण गर्न नसकेर काठमाडौं फर्किएको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद राउतले श्री एयरलाइन्सको जहाज रनवेमा रोकिएपछि केही बेर विमानस्थल बन्द हुँदा यतीको जहाज काठमाडौं डाइभर्ट भएको जानकारी दिए।

उनले भने,'विमान रनवेमा रोकिएपछि केही बेर रनवे बन्द गरेका थियौँ,' उनले भने,'त्यही बेला काठमाडौंबाट आएको यति एयरलाइन्सको विमान आइपुगेको थियो,रनवे बन्द गरिएकाले यतिको विमान पुन:काठमाडौंतर्फ डाईभर्ट भएको थियो । अहिले रनवे सुचारु भइसकेको छ ।'

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको थियो। उडेको १८ मिनेटमै पुन: भैरहवा विमानस्थलमै अवतरण गरिएको थियो।

आकाशमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा फर्काइएको थियो। 

अहिले जहाजमा रहेका यात्रुहरूलाई डिपार्चर कक्षामा राखिएको छ।  सबै यात्रुहरू सकुशल छन्। अतवरण गरिएको जहाज अन्तर्राष्ट्रिय टरमिनल तर्कको पार्किङमा राखिएको र रन वे क्लियर भएपछि विमानस्थल सुचारू हुनेछ। जहाजमा दुई बालकसहित ७५ जना यात्रु थिए।

भैरहवाबाट बिहान ९:३९ बजे काठमाडौं उडेको जहाज ९:५७ बजेमै भैरहवा अवतरण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.