अपत्यारिलो अन्डरराइटिङ रद्द गरौं

अपत्यारिलो अन्डरराइटिङ रद्द गरौं
फाइल तस्बिर।
सुन्नुहोस्

घोराही सिमेन्टको प्राथमिक सेयर किन्ने प्रत्याभूति (अन्डरराइटिङ) सम्झौता गरेको नागरिक लगानी कोषलाई अहिले त्यो उद्योगको सेयर निल्नु न ओकल्नु भएको छ। कारण– जतिबेला कोषले उसको सेयर किन्ने प्रत्याभूति दियो, त्यतिखेर नेपाल धितोपत्र बजार २१ सय अंक हाराहारीमा थियो।

उस्तै उद्योगको सेयर मूल्य दोस्रो बजारमा आठ सय रुपैयाँ हाराहारीमा थियो। त्यस्तो बेला प्रतिकित्ता चार सय र ४ सय ३० रुपैयाँमा प्राथमिक सेयर बिक्रीको जिम्मेवारी पाउने सम्झौता गर्न पाउनु कोषले मौका ठान्नु अस्वाभाविक थिएन। उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिकित्ता चार सय र अरू सर्वसाधारणलाई त्योभन्दा ३० रुपैयाँ बढीमा सेयर बिक्री गर्ने र बिक्री नभई बाँकी रहे आफूले किन्ने सम्झौता कोषले पोहोर साउनमा गर्नु स्वाभाविक थियो।

बजारमा उस्तै सेयर आठ सयमा बिक्री भइरहँदा त्यो मूल्यको प्रत्याभूति दिँदा खास जोखिम देखिएन नै। तर विश्व अर्थतन्त्र हुँदै नेपाली बजारमा पनि यसरी सुस्ताएको छ कि अहिले धितोपत्र बजारमा थुप्रै सेयर प्राथमिक सेयरको मूल्यमै पाइन थालेका छन्। जसरी लगानीकर्ता नाफाका लागि आकर्षित हुन्छ, ग्राहकचाहिँ सस्तोमा तानिन्छन्। घोराहीका प्रतिस्पर्धी मान्न सकिने उद्योग र कम्पनीहरूको सेयर मूल्य दोस्रो बजारमै चार सयभन्दा कम छ।

त्यसैले घोराहीको सेयर चार सय र ४ सय ३० रुपैयाँमा स्थानीय वा अरू सर्वसाधारणले किन्ने मूर्खता पक्कै गर्दैनन्। जसरी घोराही सिमेन्टले भविष्यमा अब्बल हुने प्रक्षेपण गर्‍यो, ग्राहकले पनि महँगोमा घोराहीको सेयर किन्दा डुबिने सजिलै प्रक्षेपण गरिहाल्छन्। अनि प्रभावित र सर्वसाधारणले घोराहीको सेयर किनेनन् भने त्यो सकार्ने जिम्मेवारी कोषको हुनेछ। अनि फेरि त्यो लगानीले उसलाई पहिला प्रक्षेपण गरेअनुसार नाफा होइन, घाटा हुन्छ।

सर्वसाधारणको समेत पैसा जम्मा भइरहेको नागरिक लगानी कोषलाई नोक्सान पर्नु प्रकारान्तरले फेरि नागरिकलाई नै नोक्सान हुनु हो। यो आवको ६ महिनामा ४९ करोड नाफा गरे पनि प्रक्षेपणअनुसार कारोबार नभएर घोराही सिमेन्ट उद्योग यसै वर्ष घाटामा पुग्छ। त्यो नाफा १ अर्ब ८३ करोडको कारोबार गर्दा भएको नाफा हो। तर प्रक्षेपण आवभरिमा ९ अर्ब ८९ करोड रुपैयाँको कारोबार हो। बाँकी ६ महिनामा ५ गुना बढी कारोबार मन्दी लागेको बजारमा सम्भव हुन कठिन छ।

वास्तविकताभन्दा फरक वित्तीय विवरण राखेर भ्रमपूर्ण प्रक्षेपणले सर्वसाधारणको लगानी खिच्ने संस्थापक लगानीकर्ताको नियत पो हो कि ? वास्तविकता आउनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.