योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसी नियुक्त
दाङ : लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा। नहकुल केसी नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले जानकारी दिए।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष,र चारजना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ ।
लामो समयदेखि सामाजिक विकास क्षेत्रमा क्रियाशील डा .केसी ग्रामिण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन्। गरिबी निवारण कोषको पूर्वकार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्थानमा विकाससँग जोडिएर दशक बढी काम गरेका छन्। केसी तुलसीपुर उपमहानगरपालिका ६का स्थायी बासिन्दा हुन्।