बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसले भन्यो- परिपक्व अनुसन्धान होस्

बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसले भन्यो- परिपक्व अनुसन्धान होस्
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बुधबार भएको पदाधिकारी बैठकले निष्पक्ष छानबिन हुनुपर्ने निष्कर्ष निकालेको हो। 

पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठकमा भातृसंस्था, विभाग र प्रदेश १ मा भइरहेको आन्दोलनका विषयमा छलफल भएको बताए। उनले प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाँणको विषयमा पनि चासो र चिन्ता व्यक्त गरिएको बताए।

उनले नेता खाँणलाई तत्काल निलम्बन नगर्ने संकेत गरे। उनले शरणार्थी प्रकरणमा सहयोग गर्ने बताएको भन्दै नेता खाँणको विषयमा तत्काल कुनै निर्णय नगर्ने बताए।

'उहाँ भाग्नुभएको छैन। अनुसन्धानलाई सहयोग गर्नुभएको छ। अनुसन्धान परिपक्व होस्। अनुसन्धानको निष्कर्ष नआइकन हामी केही भन्दैनौं,' उनले भने।

उनले आफ्ना नेता एमाले नेता टोपबहादुर रायमाझीजस्तो फरार नरहेको बताउँदै खाँणको विषयमा परिपक्व अनुसन्धान भएपछि मात्रै ठोस निर्णय गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.