स्याङ्जामा मौसमजन्य विपदबाट प्रभावित ५० प्रतिशत घर बने
स्याङ्जा : स्याङ्जाका मौसमजन्य विपदबाट प्रभावित ५० प्रतिशत घर निर्माण भएका छन्। बाढी र पहिरोका कारण प्रभावित जिल्लाका १ सय ८६ घरमध्ये ९५ वटा निर्माण सम्पन्न भएका हुन्।
४६ वटा घर निमार्णाधीन छन् भने ४५ वटा निर्माण सुरु नभएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए।
बाढी पहिरोबाट प्रभावित भएको भन्दै कार्यालयमा ४ सय १५ वटा निवेदन आएको थियो। पछि स्थलगत अनुगमनबाट निर्धारित मापदण्डभित्र १ सय ८६ घर मात्र लाभग्राही सूचीमा परे।