डम्पिङसाइडमा लुकाइ राखिएको काठ बरामद

डम्पिङसाइडमा लुकाइ राखिएको काठ बरामद
सुन्नुहोस्

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले छापामार्दा उक्त काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर मोहन थापाले बताए।

उदयपुर : उदयपुरको कटारी नगरपालिका ४ जहडीस्थित चुनढुंगा डम्पिङसाइडबाट प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको छ। डम्पिङसाइड नजिकै रहेको गाडी ग्यारेजमा अवैध रुपमा लुकाइराखेको २ सय ११ दशमलव ९९ क्युफिट चिरान काठ बरामद गरेको हो।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले छापामार्दा उक्त काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर मोहन थापाले बताए। 

उनका अनुसार बरामद काठमा सल्ला जातको कडी (बटम) १ सय ९१ थान, कर्मा जातको पटाहा ८६ थान र साज जातको पटाहा २ सय ३७ थान रहेको छ। सल्लाको कडी १ सय ३१.२४ क्युफिट, कर्माको पटाहा २१.५० क्युफिट र साजको पटाहा ५९.२५ क्युफिट परिमाणको काठ बरामद भएको उनले बताए। 

बरामद काठ डिभिजन वन कार्यालय त्रिवेणीलाई शुक्रबार नै जिम्मा लगाइएको इन्स्पेक्टर थापाले बताए। काठ कसले कुन उद्देश्यले त्यहाँ राखेको भन्ने केही नखुलेकाले थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.