सोलुखुम्बुमा ९६ जनाको निःशुल्क आँखा शल्यक्रिया

सोलुखुम्बुमा ९६ जनाको निःशुल्क आँखा शल्यक्रिया

सोलुखुम्बु : सोलुखुम्बुको फाप्लुमा ९६ जनाको निःशुल्क आँखा शल्यक्रिया गरिएको छ। 

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले तिलगंगा आँखा प्रतिष्ठानसँगको समन्वयमा फाप्लुमा तीन दिनसम्म सञ्चालन गरेको आँखा शल्यक्रिया शिविरमा ९६ जनाले मोतिविन्दुको शल्यक्रिया गराएका हुन्। 

वैशाख २९, ३० र ३१ गते फाप्लुमा सञ्चालन गरेको मोतिविन्दुको शल्यक्रिया शिविरमा ५० जना महिला र ४६ जना पुरुष रहेको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिए। 

वृद्धा अवस्थामा आश मारिसकेको आँखाले फेरि संसार नियाल्न पाउँदै अत्यन्त खुसी लागेको महाकुलुङ गाउँपालिका-३ छेस्कामकी ७२ वर्षीया विबामनी कुलुङले बताइन्। 

काठमाडौं गएर लाखौँ खर्च गरेर उपचार गर्नुपर्ने आँखाको अप्रेसन जिल्लामै निःशुल्क भएको भन्दै गार्माका ङिमा शेर्पाले खुसी व्यक्त गरे। 

लामो समयदेखि आँखा नदेख्ने समस्याबाट ग्रसित शेर्पाको शल्यक्रिया मार्फत आँखाको देख्न सक्ने भएपछि माप्यदुधकोशीका वृद्धा नरेन्द्र राईमा पनि खुसीको सिमा रहेन। 

फाप्लुमा भएको शल्यक्रिया शिविरमा तिलगंगा आँखा प्रतिष्ठानकी वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर रोजिता पराजुलीसहितको टिम खटेका थिए। 

शल्यक्रियाका लागि जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले वैशाख ३ गतेबाट गाउँ/गाउँमा सञ्चालन गरेको शिविर मार्फत मोतिविन्दुका बिरामीहरू शल्यक्रियाका लागि छनौट भएका थिए। 

जिल्लाको नुनथला, जुभिङ, काँकु भेडाचौर, वाकु, पावौ, छेस्काम, गुदेल, लोखिम, काँगेल, केरुङ, गोरा र नेचामा गरिएको आँखा शिविरमा १ हजार ५८२ जनाले निःशुल्क आँखा जाँच गराएका थिए। जसमा ९०८ महिला र ६७४ जना पुरुष रहेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख विधान ताम्राकारले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.