नक्कली भुटानी शरणार्थीको अनुसन्धान सकिएपछि मात्रै अरू फाइल खोल्नुपर्छः माधव सापकोटा
काठमाडौंः सांसद् माधव सापकोटाले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन भइरहेको बेला विषयान्तर गर्न नहुने बताएका छन्।
संसदमा बोल्दै सांसद् सापकोटाले मानव बेचविखन जस्तो जघन्य अपराध जस्तो विषयलाई टुंगोमा पुर्याएर अरू थप फाइल खोल्नुपर्ने बताएका हुन्।
सापकोटाले भने, ‘भ्रष्टाचारका बारेमा देश र अन्तराष्ट्रिय जगत बहसमा छ। सम्पूर्ण रूपमा देश टुग्याउनुपर्छ। त्यसपछि क्रमशः अरू फाइल खोल्नुपर्छ। न की विषयलाई विषयान्तर गर्ने र यो विषयलाई कमजोर पार्नका लागि अरू विषय उठाउनु भनेको अन्ततः भ्रष्टाचारलाई नै मद्दत पुर्याउनु हो।’
अहिले चलिरहेको भुटानी शरणार्थी प्रकरणको विषयलाई निष्कर्षमा पुर्याएर थप फाइल खोल्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !