घरमा आगलागी हुँदा पशुचौपाया र अन्नपात जले

घरमा आगलागी हुँदा पशुचौपाया र अन्नपात जले
सुन्नुहोस्

दैलेख : जिल्लाको भैरवी गाउँपालिका-२ रावतकोटस्थित एक घरमा आगलागी भएको छ। 

स्थानीय रामबहादुर थापाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताए। ढुंगा माटोले बनेको दुई तले कच्ची घरमा आगलागी भएको डीएसपी लम्सालले जानकारी   दिए। 

आगलागी हुँदा पशुचौपाया र अन्नपात जलेको छ। घरमा झण्डै एक लाख २० हजार बराबरको काठ र दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। 

आगलागीमा पाँच वटा बाख्रा र एक वटा गोरु जलेर मृत्यु भएको छ। एउटा गोरु जलेर घाइते भएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.