मदन भण्डारी आदर्श व्यक्ति हुन्, सपना पूरा गर्न लागौं : ओली

मदन भण्डारी आदर्श व्यक्ति हुन्, सपना पूरा गर्न लागौं : ओली

ओलीले भण्डारीले अगाडि सारेका विचार र जनताका बहुदलीय जन‍वादका उद्देश्य पूरा गर्न लाग्न सबैलाई आग्रह गरे।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान सपना बोकेर पनि तीनलाई पूरा गर्न नपाउँदै हत्या गरिएका मदन भण्डारी आदर्श व्यक्ति भएको बताएका छन्। बुधबार एमालेले मदन नगर बल्खुमा आयोजना गरेको  मदन-आश्रितको स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्ना सपना पूरा नहुँदै हत्या गरिएका भण्डारी र  जीवराज आश्रितको सपना पूरा गर्न लाग्नुपर्ने धारणा राखेका हुन्। 

उनले भण्डारीले अगाडि सारेका विचार र जनताका बहुदलीय जन‍वादका उद्देश्य पूरा गर्न लाग्न सबैलाई आग्रह गरे।

उनले एकताबद्ध र सुढृण प्रयास सक्रियता पूर्वक बढाउँदा हामीलाई छाडेको अभिभारा पूरा गर्ने सकिने स्पष्ट पारे। ओलीले भने, ‘आजको दिन संकल्प गर्ने दिन हो। देशलाई आधुनिक,सम्पन्न र न्यायोजित देशको रुपमा विकास गर्ने, ती सपनाहरु देख्ने सपना पूरा हुन दिइएन। यसलाई पूरा गर्ने जिम्मेवारी तपाईं, हाम्रो काँधमा छ। देश, भविष्यसँग जोडिएको विषयलाई गम्भीरताका साथ लिन आत्मविश्वास र उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु।’ 

पूर्वप्रधानमन्त्री ओलीले अर्को प्रसंगमा लामो इतिहास बोकेको नेपाली कांग्रेस देश कसरी अगाडि बढाउने भन्ने सोच्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरे।

कांग्रेसलाई राजनीतिक संज्ञा दिन मन लाग्न छाडेको बताउँदै उनले भने,‘देशको परिस्थिति अत्यन्त जटिल छ। तर कांग्रेस किम कर्तव्यविमुख छ। आज देशलाई कसरी सहि बाटोमा लानुपर्ने हो त्यसलाई सोच्न सक्ने अवस्थामा छैन।’

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिनको सम्झनामा एमालेले ‘मदन–आश्रित स्मृति’ कार्यक्रमको आयोजना गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.