अहिलेको गठबन्धनसँग उद्देश्य र गन्तव्य छैन, सत्ता स्वार्थ मात्र छ : ओली

अहिलेको गठबन्धनसँग उद्देश्य र गन्तव्य छैन, सत्ता स्वार्थ मात्र छ : ओली

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिनको सम्झनामा एमालेले ‘मदन–आश्रित स्मृति’ कार्यक्रमको आयोजना गरेको हो ।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागी एमालेले गठबन्धन नगर्ने बताएका छन्। बुधबार एमालेले आयोजना गरेको मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता स्वार्थका निम्ति नभई देशका लागि मात्रै गठबन्धन गर्ने बताएका हुन्।

‘हामी कसैसँग कहिल्यै मिल्दै, मिल्दैनौं भन्ने होइन। तर, सत्ताका निम्ति, सत्ता स्वार्थका निम्ति, सरकार गठनका लागि, मिल्ने कुरा हामीबाट हुँदैन। त्यहि सिमाभित्र मिल्ने कुरा हुँदै कसैसँग हाम्रो एकता हुन्छ भने देशका लागि, जननताका लागि, परिवर्तन, सुशासन र विकासका लागि मिल्न सक्छौं कसैसँग। तर सत्ता गठबन्धनजस्तो कुरा हामीबाट हुँदैन।’ पूर्वप्रधानमन्त्री ओलीले भने,‘अहिलेको गठनबन्धन सत्ता गठबन्धन, सरकारी गठबन्धन, सत्ता प्राप्त गर्नका लागि गरिएको गठबन्धन हो।’null

अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको उनको भनाई छ। ओलीले विकास निर्माण हुन नसक्नु, देश भद्रगोल हुनुमा राजनीतिक अस्थिरता र अराजकताबाट गुज्रिरहेको बताए। उनले भयावह अवस्था हुँदा पनि सरकार जान्छ कि टिक्छ भन्ने कुरामा प्रधानमन्त्री केन्द्रित हुन दुखद कुरा रहेको टिप्पणी गरे। 

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिनको सम्झनामा एमालेले ‘मदन–आश्रित स्मृति’ कार्यक्रमको आयोजना गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.