मुस्ताङमा बढे पर्यटक

मुस्ताङमा बढे पर्यटक
अन्नपूर्ण पदमार्गमा यात्रा गर्दै विदेशी पर्यटक। सौजन्य : छेवाङरिन्जिङ गुरुङ
सुन्नुहोस्

३१ हजारभन्दा बढी  पर्यटक १३८ दिनमा मुस्ताङ भित्रिएका छन्। सीएनएनले विश्वका घुम्नै पर्ने  पर्यटकीय गन्तव्यमा मुस्ताङ पनि सूचीकृत गरेको छ।

जोमसोम : मुस्ताङमा यस वर्ष विदेशी पर्यटकको आगमन बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२३ को १ सय ३८ दिनमा ३१ हजार ३ सय ३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

यो तथ्यांक जनवरीदेखि मे १८ तारिखसम्मको रेकर्ड हो। मुस्ताङ भित्रिएका पर्यटकमध्ये अधिकांश सार्कअन्तर्गत भारतीय पर्यटक रहेको एक्यापको तथ्यांकमा उल्लेख छ। मुस्ताङ भित्रिएका कुल विदेशी पर्यटकमध्ये सार्क राष्ट्रका २८ हजार ८ सय ९७ अर्थात् ९२ प्रतिशत र तेस्रो मुलुकका विदेशी २ हजार २ सय ३३ अर्थात् ८ प्रतिशत मुस्ताङ भित्रिएको एक्याप मसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए।

जनवरीमा ५ सय ६९, फेब्रुअरीमा १ हजार ६ सय ९३, मार्चमा ६ हजार ३ सय ७४, अप्रिलमा १४ हजार ७ सय ४२ र मार्च १८ सम्ममा ७ हजार ९ सय ५२ पर्यटक मुस्ताङ भित्रिएका छन्।

कोरोना कहरअघि औसत ५९ हजार विदेशी पर्यटक मुस्ताङ भित्रिने गर्थे। गत वर्ष अर्थात् सन् २०२२ मा ५२ हजार ३ सय ९० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। जसमध्ये सार्क राष्ट्रको ४६ हजार ८ सय ६३ अर्थात् ८९ दशमलव ४५ प्रतिशत र फरेनर तेस्रो मुलुकको ५ हजार ५ सय २७ जना  पर्यटक मुस्ताङ भित्रिएका थिए। सन् २०२२ मा भन्दा  सन् २०२३ को मे १८ सम्ममा ६० प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापका कार्यालय प्रमुख सुवेदीको भनाइ छ। उनले सन् २०२३ को आधा समय नबित्दै सन् २०२२ को तथ्यांक अनुपातमा प्रतिशत रेसियो निकै वृद्धि भइसकेकाले यस वर्ष ६० हजारभन्दा बढी पर्यटक कट्ने अनुमान गरे।

मुस्ताङ भित्रिएका पर्यटकमध्ये कतिपय पोखरा—जोमसोम हवाई सेवामार्फत मुस्ताङ भित्रिएका हुन्। कतिपय पर्यटक लमजुङको बेसीसहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिएका हुन्। उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्व अवलोकन गर्न ४ सय ४२ पर्यटक उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका हुन्।

मुस्ताङको कलात्मक पृथक् भूगोल, ऐतिहासिक तथा धार्मिक सम्पदा, जैविक विविधता र विभिन्न खोज अनुसन्धानको केन्द्रसमेत रहेकाले मुस्ताङ जिल्ला पर्यटकीय हबको रूपमा परिचित छ। यस्तै, तिब्बतियन कलासंस्कृति, शदियौं पुराना गुम्बा, मठमन्दिर, छोर्तेन र मानेहरूले यहाँका धार्मिक मौलिकता विश्वमाझ उजागर गरिदिएको छ।

हालै अमेरिकन समाचार संस्था सीएनएनले विश्वकै घुम्नै पर्ने २३ पर्यटकीय गन्तव्यमध्ये १६औं स्थानमा सूचीकृत गरेको छ। सीएनएनको सूचीमा मुस्ताङ उपत्यका दक्षिण एसियाकै पहिलो सूचीमा घुम्नै पर्ने स्थानमा राखेकाले पनि सन् २०२३ मा उल्लेख्य विदेशी पर्यटक मुस्ताङ आउने अनुमान गरिएको छ। उपल्लो मुस्ताङमा भने अत्यन्तै न्यून पर्यटक जाने गरेका छन्। उपल्लो मुस्ताङमा करिब २ प्रतिशतमात्रै पर्यटक जाँदैनन्। अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत उपल्लो मुस्ताङ निषेधित तथा नियन्त्रित क्षेत्र भएकाले त्यहाँ पर्यटकले चर्को राजस्व बुझाउनु पर्ने हुन्छ।

सरकारले उपल्लो मुस्ताङमा जान १० दिनका लागि पाँच सय डलर पर्यटन रोयल्टी तिर्नुपर्ने बाध्यताले सीमित पर्यटक उपल्लो मुस्ताङ आउने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले बताए। उनले उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन र विकास गर्न अध्यागमनले लिने पाँच सय डलर शुल्कलाई समायोजन गर्नुपर्ने सुझाए।

    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.