‘दलित समुदायका विषयवस्तु पर्याप्त उठेनन्’

‘दलित समुदायका विषयवस्तु पर्याप्त उठेनन्’
सुन्नुहोस्

काठमाडौं : सञ्चारमाध्यममा दलित समुदायका विषयवस्तुहरूलाई प्राथमिकताका साथ उठान नभएको एक कार्यक्रमका सहभागीले बताएका छन्। जागरण मिडिया सेन्टरले गरेको नेपाली लेखनमा दलित सबाल विषयक संवाद कार्यक्रमका सहभागीले राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायका मुद्दाहरूलाई विशेष महत्त्वका साथ सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारणका लागि स्थान दिनुपर्ने बताएका छन्।

लेखक तथा दलित अगुवा पशुराम रम्तेलले दलित सबालका विषयवस्तुहरू सञ्चारमाध्यममा उठान गर्न सञ्चार नीति नै समावेशी बनाउन जरुरी रहेको बताए। उनले दलित विषयवस्तुलाई सञ्चारमाध्यममा प्राथमिकताका साथ उठाउन सरकारी सञ्चार नीति बनाउनुपर्ने औंल्याए। 

लेखक तथा अनुसन्धानकर्ता डीबी नेपालीले खोज अध्ययन गरी लेखन गरिएका विषयवस्तुहरूले सञ्चारमाध्यममा प्राथमिकता दिन आग्रह गरे। उनले धेरैभन्दा धेरै सामग्री अध्ययन गरी लेखन गरिएका लेखहरूले विशेष महत्त्व हुने भएकाले समाज तथा पुस्तक अध्ययन बढाउनुपर्ने सुझाव दिए।

लेखक रीता शाह संवैधानिक र राजनैतिक मुद्दाहरू नागरिकता, समावेशी, निजामती ऐन जस्ता महत्त्वपूर्ण विषयवस्तुहरू खासै उठान हुन नसकेको बताइन्। दलित समुदायमा भूमि, आवासको समस्या उठान गर्नुपर्ने उनको सुझाव थियो। सञ्चारमाध्यममा अलि बढी छुवाछूतका विषयवस्तु आइरहेको उनको भनाइ छ। 

संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले दलित सवालका विषयवस्तुहरूलाई सञ्चारमाध्यममा उठान गर्न लेखक तथा पत्रकारहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्नुपर्ने धारणा राखिन्। दलित समुदायका लेखक र पत्रकारहरू धेरै संख्यामा उत्पादन गर्ने र गैरदलित समुदायका लेखक तथा पत्रकारहरूलाई दलित मुद्दामा संवेदनशील हुनुपर्ने बताइन्। 

लेखक तथा पत्रकार ध्रुबसत्य परियारले दलित समुदायका घटना प्रधान सञ्चार सामग्रीले प्राथमिकता पाइरहेको बताए। लेखक शिवहरि ज्ञवालीले दलित विषयमा मिडिया संवेदनशील नभएको आरोप लगाए। दलित सवालका विषयवस्तुहरूलाई मिडियामा आकर्षित गर्न पहल गर्नुपर्ने बताउँदै नयाँ पुस्तालाई टिकाउने योजनाका साथ नसोचिए दलित आन्दोलनका लागि घाटा हुने उनको टिप्पणी छ। 

लेखक गोपाल नेपालीले सञ्चारमाध्यमले सीमान्तकृत समुदायका मुद्दाहरू अझै प्राथमिकता साथ उठान गर्न नसकेको बताए। जागरण मिडिया सेन्टरका कार्यकारी निर्देशक भीमबहादुर विश्वकर्माले जनप्रतिनिधिहरूलाई जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभावसम्बन्धी कसुर २०६८ सम्बन्धी अनभिज्ञता रहेको बताए। 

सेन्टरका कार्यक्रम संयोजक वीरबहादुर नेपालीले सञ्चारमाध्यममा दलित सबाल उठान भए पनि त्यो पर्याप्त नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.