राजस्व संकलनमा वृद्धि

राजस्व संकलनमा वृद्धि
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा चालू आर्थिक वर्ष २०७९/०८० को १० महिनामा ट्राफिक राजश्व दोब्बरले वृद्धि भएको छ। 

यस अविधमा २  हजार ८५७ वटा सवारी साधनलाई कारबाही गर्दा ३५ लाख १९ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका निमित्त इञ्चार्ज प्रहरी हवल्दार महेश लम्सालले जानकारी दिए।

उनका अनुसार मुस्ताङ भित्रिएका सवारी साधन तथा स्थानीय स्तरमा सञ्चालन हुने सवारी साधनलाई नियम विपरीत सवारी चलाएकालाई कारबाही गर्दा गतवर्षको तुलनामा दोब्बरले ट्राफिक राजश्व वृद्धि भएको हो।

कार्यालयका अनुसार ट्रक र टिपर ११०, बस १०३, जीप कार २ हजार ९३, मोटरसाइकल ४६४, ट्याक्सी १२ र मादक पदार्थ सेवन गरी सवारी चलाउने १२ चालकलाई कारबाही गरिएको छ। 

कारबाहीमा परेका सवारी साधनमध्ये १ हजार ४५५ वटा प्रयोजन विपरीत सवारी चलाउने अर्थात् निजी सवारीलाई कारबाही गर्दा २९ लाख १० हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ।

पछिल्लो समय यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनको जरिवाना शुल्क ५ सयदेखि २ हजारसम्म उठाउन व्यवस्था गरेको हो। 

यसअघि ट्राफिक नियम विपरीत सवारी चलाउनेलाई ५ सयदेखि १ हजारसम्म मात्र जरिवाना रकम उठाउने व्यवस्था गरेको थियो।

मुस्ताङमा गत आर्थिक वर्षको १२ महिनामा कुल १३ लाख ७४ हजार राजश्व उठेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.