मध्य भोटेकोसीको व्यावसायिक उत्पादन साउनभित्रै

मध्य भोटेकोसीको व्यावसायिक उत्पादन साउनभित्रै
सुन्नुहोस्

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो।

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाको सीमाक्षेत्रमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको निर्माण प्रगति अन्तिम चरणमा पुगेको छ।

आयोजनाको ९७ प्रतिशत काम पूरा भएको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले  जनाएको छ। आयोजनाको सिभिल, बाँध, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल सबै क्षेत्रको काम एकैसाथ भइरहेको कम्पनीले जनाएको छ। आयोजनाको लट १ अन्तर्गतका सिभिल तथा हाइड्रो मेकानिकल कार्यहरूमा बाँध क्षेत्रको ९८ प्रतिशत काम पूरा भएको छ। यस्तै, सुरुङको काम पनि सकिएको छ भने विद्युत्गृहको ९९ प्रतिशत काम पूरा भएको कम्पनीले जनाएको छ।

यसैगरी, लट २ अन्तर्गतका प्रमुख उपकरणहरू जेनेरेटर, ट्रान्सफर्मर, टर्बाइनको जडान कार्य भइरहेको आयोजनाका सिनियर सिभिल इन्जिनियर सुशिल ढुंगानाले बताए। ‘आवश्यक उपकरणहरू सबै आयोजनास्थलमा आइसकेका छन्’, ढुंगानाले भने– ‘आयोजनाको विद्युत् प्रवाह हुने लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ। 

यो लटको समग्र प्रगति ८५ प्रतिशत भएको छ।’ आयोजनाको सबै काम पूरा गरेर २०८० साउनभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको उनले बताए। यसअघि आयोजनाबाट २०७९ पुसभित्र सक्ने लक्ष्य राखिए पनि विविध कारणले उत्पादन अवधि थप हुँदै गएको हो। 

२०७० देखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसीमा आएको बाढी, गत वर्ष असारमा निर्माणस्थल भोटेकोसी नदी एवम् आसपासमा आएको बाढी–पहिरो तथा कोभिड–१९को चपेटाले म्याद थप हुँदै गएको हो।

प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजना निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ। आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकल काम इन्जिनियरिङ, खरिद र निर्माण चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको छ। इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ। 

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो।  आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ। निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.