कर्णाली नदीमा जल उत्पन्न प्रकोप प्रतिकार्य अभ्यास

कर्णाली नदीमा जल उत्पन्न प्रकोप प्रतिकार्य अभ्यास
सुन्नुहोस्

दैलेख : कर्णाली नदीमा जल उत्पन्न प्रकोप प्रतिकार्य सम्बन्धी घटना अभ्यास गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति दैलेखको आयोजनामा प्रदेश स्तरीय प्रतिकार्य अभ्यास गरिएको हो। 

 
आठबीस नगरपालिका-४ राकमकर्णाली स्थित कर्णाली नदीमा अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए। 

वर्षायाममा हुन सक्ने सम्भावित जल उत्पन्न प्रकोपका घटना न्यूनीकरणका लागि नदीमा नमूना अभ्यास गरिएको कोइरालाको भनाइ छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटीसहितको संयुक्त टोलीले नदीमा अभ्यास गरेको हो।

बाढीमा परेकाहरूलाई उद्धारका क्रममा डुंगा पल्टिँदा कसरी जोगिने, पानीमा करेन्ट प्रवाह भएको अवस्थामा कसरी बच्ने लगायतका विषयमा अभ्यास गरिएको सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेखका डीएसपी देवराज विष्टले बताए। 

उनका अनुसार उद्धारकर्मीले अपनाउनुपर्ने उपाय, पानीको सतहमूनि रहेको मृत शरिरलाई उद्धार तथा खोजीका उपाय सम्बन्धी पनि अभ्यास गरिएको डीएसपी विष्टले जानकारी दिए। विपद्मा परेकालाई उद्धार, घाइतेहरूको प्राथमिक उपचारदेखि थप उपचारका लागि सरकारी संयन्त्रबीच समन्वय र सहकार्यका लागि समेत अभ्यास गरिएको थियो।

दैलेखका प्रमुख जिल्ला अधिकारी गगनबहादुर हमालले वर्षायाममा हुने सम्भावित घटनालाई न्यूनीकरण, उद्धारका लागि कर्णाली नदीमा अभ्यास गरिएको बताए। 

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा आगलागी, बाढीपहिरो, डुवान जस्ता प्राकृतिक विपद्का् जोखिम रहेको बताए। विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार सजग भई तयारी अवस्थामा रहेको मन्त्री जिसीको भनाई छ। 

नदी किनारमा ६ जिल्लाको सुरक्षा बैठक

जल उत्पन्न प्रकोप प्रतिकार्य सम्बन्धी घटना अभ्याससँगै कर्णाली नदी किनारमा कर्णाली र सुदूरपश्चिम प्रदेशको ६ जिल्लाको सुरक्षा बैठक समेत बसेको छ। 

कर्णालीका दैलेख, सुर्खेत, कालिकोट, जाजरकोट, सल्यान र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाबीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बसेको हो। 

दैलेखका प्रमुख जिल्ला अधिकारी गगनबहादुर हमालको अध्यक्षतामा बसेको बैठकले शान्ति सुरक्षा कायम, लागूऔषध ओसारपसार तथा दुर्व्यसनी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ। 

बैठकमा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। ६ जिल्लाको साझा समस्यालाई सामूहिक रूपमा समाधानका लागि बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.